Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

१०१ वर्षीय बालानन्द खतिवडा, १२ छोराछोरीका पिता !

१०१ वर्षीय बालानन्द खतिवडा, १२ छोराछोरीका पिता !

काठमाडौं । आज अत्यन्त सुखद संयोग मान्नुपर्छ, १०१ वर्षीय बालानन्द खतिवडासँग भेट भयो । यो उमेरमा पनि स्वस्थ्य उहाँ आँखामा कुनै सहायताविनै पात्रो हेर्नुहुन्छ । कान पनि राम्रैसँग सुन्नुहुन्छ । स्मरणशक्ति पनि धेरे कमजोर छैन । भन्नुहुन्छ, ‘कब्जियतबाहेक अन्य रोग छैन । दाँत चाहिँ एउटा मात्रै छ ।’

खतिवडाको जन्म १९८३ साल पुस ३ गते ओखलढुङ्गाको भदौरेमा भएको थियो । हाल उहाँ कागेश्वरी मनोहरा वडा नं ६ मा बसोबास गर्दै आउनुभएको छ । ‘१४ वर्षमा विवाह भयो, पत्नी २०५७ सालमा बितिन्, ’उहाँले सुनाउनुभयो । उहाँको एक मात्र भाइ पनि स्वर्गीय भैसक्नुभयो भने  ४ बहिनीमध्ये कान्छी मात्र जीवित हुनुहुन्छ ।

_DSC8400_11zon.jpg

१२ सन्तानका धनी पिता हुनुहुन्छ खतिवडा । २ छोरा, १० छोरी । जेठो छोरो दमकमा र सबै छोरीहरु पूर्वतिरै छन् । उहाँ ६६ वर्षीय कान्छा छोरासँग काठमाडौंमा बस्नुहुन्छ ।छिटपुट पुरेत्याइ गरेपनि मुख्य पेशा कृषि भएको उहाँले बताउनुभयो । १२/१५ वटा बाख्रा, ८/१० वटा गाई र केही भैसी पालन गर्नुभयो । करिब ३० वर्षमा बैष्णव बन्नुभयो ।

अहिले गिलो चिज जे भएपनि खानसक्ने भन्दै खीर र गुलियो खानेकुरा मिठो लाग्ने खतिवडाले बताउनुभयो । ‘बिहान एक गिलास मिस्रिपानी खान्छु, ’खतिवडाले सुनाउनुभयो, ‘बेलुका घाम छदै खाइसक्छु । बेलुका भात खान्नँ । पत्नी बितेर १३ दिन भात नखाएपछि नै एक छाक मात्रै भात खाने गरेँ ।’

पत्नी वियोगपछि घर छोडेर मन्दिर जाने इच्छा व्यक्त गरेपनि छोरा बुहारीहरुले नदिएको खतिवडाले सुनाउनुभयो ।

ज्येष्ठ नागरिकहरुसँग आत्मीय भेटघाट तथा उहाँहरुका अनुभवहरु सुन्ने र सामाजिक सद्भाव अनि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ आज २०८३ साउन २३ गते शनिबार कागेश्वरी मनोहरा ७ मुलपानीस्थित श्री गीता स्वाध्याय मण्डलले पहिलोपटक आयोजना गरेको कार्यक्रममा खतिवडासँगको सुखद भेटको अवसर जुरेको हो ।

आज भिडभाडमा धेरै गफिने मौका नमिलेका कारण पछि पुनः घरमै भेट्ने इच्छा व्यक्त गर्दै खतिवडाको आर्शीवाद लिएर म पनि छुट्टिएँ ।

_DSC8396_11zon.jpg
 कान्छा छोरासँग बालानन्द खतिवडा

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार