Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सगरमाथा चढ्ने तयारीमा रहनुभएका छत्याललाई प्रधानमन्त्रीको बिदाइ

सगरमाथा चढ्ने तयारीमा रहनुभएका छत्याललाई प्रधानमन्त्रीको बिदाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवधर्नका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहनुभएका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गर्नुभएको हो । यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहनुभएका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो ।

बिदाइ कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

नेपाल सरकारको आयोजनामा आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा सगरमाथा संवाद आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार