Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सकारात्मकताका सूत्रहरु

नकारात्मकता त्यागौं, सकारात्मकता अगालौं

नकारात्मकता त्यागौं, सकारात्मकता अगालौं

मान्छेको मन चन्चल छ, मानव विचार साह्रै शक्तिशाली छ । आज संसारमा जतिपनि विकास र विनाश भएका छन् सब मन सिर्जित विचारहरुबाटै भएका छन् । हाम्रो समग्र शारीरिक अवस्थामा पनि हाम्रा सोच र मनमा आउने विचारहरुले ठूलो भूमिका खेलेको हुन्छ । 

पछिल्लो समयमा संसारभर मानसिक रोगीहरु बढदैछन् अझ घरैपिच्छे मानसिक रोगी छन् । भन्नेनै होभने प्रत्येक व्यक्ति सानोतिनो मानसिक समस्याले ग्रसित छ । त्यसैले हामीले शारीरिक रुपमा स्वस्थ हुन पहिला मानसिक रुपमा स्वस्थ्य हुन जरुरी छ । त्यसका लागि सर्वप्रथम हाम्रो मनलाई सन्तुलन राख्ने अभ्यास गर्नुपर्छ र हामीमा सकारात्मकता भर्दै जानुपर्ने हुन्छ । आफूमा भएका खराब विचार, आदत र गलत कर्महरु छोडी जीवन सपार्ने अभ्यास गर्नुपर्ने हुन्छ । 

AdobeStock_209496660.jpeg
undefined

मान्छेहरु आफू गलत बन्न चहाँदैनन्, आफूमा भएको खराबी हटाउन सबैले प्रयास  गर्छन् तरपनि सकिरहेका हुँदैनन् । खासमा गल्ती कहाँनेर भएको हुन्छभने हामी आफूमा भएको खराब चिज पहिला पुरै हटाउन खोज्छौं जुन संभव छैन । किनकि हाम्रो शरीर र मन कुनै त्यस्तो भाँडो होइन जो पुरै खाली गरेर अरुचिज भर्न सकियोस् । त्यस्तो प्रयास गरियो भने जिन्दगी पुरै बित्छ तरपनि सकिंदैन ।

खासमा हामीले खराब चिज छोड्न भन्दा बढी बल असल चिज जोड्नमा लगाउनु पर्छ । त्यसपछि हामीमा भएको नकारात्मकता आफैं कम हुँदैजान्छ र हामी सकारात्मक बन्दै जान्छौं । त्यसैले शारीरिक र मानसिक रुपमा स्वस्थ भई दुर्लभ मानव चोला सार्थक बनाउन हामी हरेकले प्रयास गरौं त्यसका लागि आफू सकारात्मक बन्ने अभ्यास गर्दैजाओैं ।

कसरी बन्ने त सकारात्मक ?

  1. जुनसकै विषयलाई सुरुमा त्यसको सकारात्मक पाटोबाट हेर्न सुरु गर्ने । 
  2. अरुलाई सुझाव दिंदा जहिलेपनि पहिला राम्रो पक्षको चर्चागर्ने अनिमात्र सुधार्नुपर्ने पक्षहरु देखाउने  ।
  3. सकभर सुझाव एक्लै राखेर दिने तर प्रशंसा समूहमा गर्ने बानी बसाल्ने ।
  4. धेरै बोलेर जान्ने भइँदैन जति सुनेर भइँन्छ । त्यसैले बोल्नेभन्दा बढी सुन्ने अभ्यास गर्ने । 
  5. हर ठाउँमा जवाफ दिन जरुरी हुँदैन, नबुझ्ने र नसुन्नेहरुका बीच आफूलाई प्रमाणित गर्न समय खेर नफाल्ने, बरु मौन बसी त्यहाँबाट हिडिदिने । 
  6. कसैको अनावश्यक आलोचना वा प्रशंसा नगर्ने, नमागी सुझाव पनि नदिने ।
  7. भोजन अनुसारको मन, मन अनुसारको विचार र विचार अनुसार कर्म बन्नेहुँदा शुद्द खानपिन र सही जीवनशैलीमा ध्यानदिने ।
  8. आध्यात्मिक बन्न प्रयास गर्ने, जीवनोपयोगी पुस्तकहरु अध्ययन गर्ने । 
  9. दैनिक जीवनमा थोरै समय भएपनि ध्यान र योगाभ्यासलाई छुट्याउने ।
  10. हरदिन कम्तिमा ८ घण्टा सुत्ने, पर्याप्त पानी पिउने र शरीरले सकेको व्यायाम गर्ने । 
  11. दुःखमा नआत्तिने, हरेक समस्याको समाधान हुन्छ, समाधान के के हुनसक्छ विचार गर्ने ।
  12. संसारमा काम नलाग्ने चिज केही हुँदैन, त्यसको सदुपयोग र संभावना खोज्ने । जस्तो बिग्रिएको घडिसम्मले पनि २ पटक सही समय दिन्छ भन्ने यथार्थलाई मनन गर्ने। 
  13. आफूसँग उपलव्ध भएको चिजमा सन्तुष्ट मान्ने, सकभर मनका कामनालाई घटाउने र  धेरै महत्वाकांक्षी नबन्ने ।
  14. समस्या पर्दा वा परिस्थिति आफू अनुकुल नहुँदा पनि त्यसका सकारात्मक पक्षलाई बढी ध्यान दिने । जस्तो कि (क) आधा गिलास पानीलाई पानी त आधा सकियो भन्नुभन्दा अझै आधा पानी त बाँकीनै छ भन्नेबाट हेर्न सकिन्छ । त्यस्तै, (ख) आगोले पोल्छ वा क्षति पुर्याउछ सत्य हो तर सकारात्मक पक्षमा आगोले न्यानो दिन्छ, खाना पकाउन मद्दत गर्छ, उज्यालो दिन्छ भन्ने लाईनबाट बुझ्न सकिन्छ । 
  15. बितेको कुरामा पश्चाताप नमान्ने, भविष्यको चिन्ता नगर्ने वर्तमानलाई उत्कृष्ट बनाउन प्रयास गर्ने । 
  16. समयको महत्त्वलाई बुझी तालिका बनाएर कागर्ने र समयको भरपुर सदुपयोग गर्ने । 
  17. अरुप्रति कृतज्ञ हुन वा धन्यवाद भन्न अभ्यास गर्ने ।
  18.  प्रत्येक विहान निन्द्राबाट बिउँझाएर पुनः अवसर दिएकोमा भगवानलाई धन्यवाद दिने ।
  19. सधैं अनुहार प्रशन्न राख्न प्रयास गर्ने, अरुसंग बोल्दा मुस्कान सहित बोल्न सुरुगर्ने । 
  20. म सकारात्मक बन्दैछुु भन्ने मेसेज दिमागलाई बारम्बार दिइराख्ने ।

हामी जीवनमा सकारात्मक बन्नसक्नु चानचुने कुरा होइन, यो युद्ध जिते बराबर हो । सकारात्मकताले जीवनमा भएका र आउनेसक्ने धेरै समस्या हल गर्छ । त्यसैले आफ्नो मन मस्तिष्कलाई जहिलेपनि सकारात्मक बनाउन प्रयास गरौं, धेरै ठाउँमा हारेपनि सिङ्गो जीवन जितिन्छ ।

(लेखक भुर्तेल साकोस गानका रचनाकार समेत हुनुहुन्छ । सहकारी अभियानसँगै साहित्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । अन्य केही सहकारी संस्थाहरुका लागि पनि उहाँले गीत लेख्नुभएको छ । सानै उमेरदेखि चित्रकला, अभिनय, सङ्गीत र साहित्यमा उहाँ लाग्नुभएको हो । उहाँले विभिन्न सम्मान तथा पुरस्कार समेत प्राप्त गरिसक्नुभएको छ ।)

                                                               

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार