काठमाडौं । आगामी २०८३ साल भदौ १३ गते आयोजना हुने पशुपति काव्य साँझको तेस्रो शृङ्खलामा सहभागी हुन इच्छुक कवि तथा स्रष्टाहरूका लागि अनलाइन नाम दर्ता खुला गरिएको छ । कविताप्रतिको आफ्नो सिर्जनशीलता र प्रतिभालाई काव्य साँझको मञ्चमार्फत प्रस्तुत गर्न इच्छुक सम्पूर्ण कवि तथा स्रष्टाहरूले समयमै आफ्नो नाम दर्ता गराउन आग्रह सहित नाम दर्ताका लागि लिङ्क उपलब्ध गराइएको छ । तेस्रो शृङ्खला यही भदौं १३ गते शनिबार बेलुकी ४ बजेदेखि ६ बजेसम्म आयोजना हुँदैछ ।
वेद विद्याश्रम तथा वाल्मीकि विद्यापीठका विद्यार्थीहरुको संयुक्त प्रयासबाट यो कार्यक्रमको थालनी भएको हो । कार्यक्रमको पहिलो शृङ्खला २०८३ असार १३ गते शनिबार आयोजना गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि वाल्मीकि विद्यापीठका पूर्व प्राचार्य प्रा.डा. भागवत ढकाल रहनुभएको थियो भने सभापतित्व कार्यक्रमका परिकल्पनाकार वाल्मिीकि विद्यापीठका पूर्व प्राचार्य प्राध्यापक दुर्गा प्रसाद दाहाल रहनुभएको थियो ।
यसैगरी, दोस्रो शृङ्खलामा चर्चित कवि प्रा.डा. देवी नेपाल तथा प्रभा भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । दुबै कार्यक्रमको संयोजक एवम् सञ्चालन भने अञ्जन ढुङ्गेल गर्दै आउनुभएको छ ।
सनातन युवा मञ्चले आयोजना गर्दै आएको आध्यात्मिक र साहित्यिक सेतु कार्यक्रम प्रत्येक महिनाको दोस्रो शनिबार साँझ ४ बजेदेखि ६ बजेसम्म पशुपति वेद विद्याश्रममा सञ्चालन हुँदै आएको छ ।कार्यक्रममा युवा कविहरुको उत्साहजनक सहभागिता देखिएको छ भने अनुभवी कविहरुले पनि रचना वाचन गर्दै आउनुभएको छ । खासगरी युवा तथा नवोदितहरुका लागि प्लेटफर्म उपलब्ध गराउने उद्देश्य कार्यक्रमको रहेको छ ।
आगामी कार्यक्रम पनि सोही स्थानमा आयोजना गर्ने तयारीका साथ साहित्य, सिर्जना र काव्यप्रेमी सम्पूर्ण स्रष्टाहरूलाई नाम दर्ता गर्न आग्रह गरिएको छ । कार्यक्रम संयोजक ढुङ्गेलले सबैको सहभागिताका लागि सविनय अनुरोध गर्नुभएको छ । यस पटक प्रमुख अतिथि प्रा.डा. मुकुन्द लामिछाने रहनुहुने कार्यक्रम संयोजक ढुङ्गेलले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
नाम दर्ताका लागि लिङ्क
https://forms.gle/8SoLYxm8wq6WMt7N8
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com