Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सरकारले बाढीबाट प्रभावित जिल्लामा पुनःस्थापना प्याकेज ल्याउने

सरकारले बाढीबाट प्रभावित जिल्लामा पुनःस्थापना प्याकेज ल्याउने

काठमाडौं । सरकारले बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयलाई राहत तथा पुनःस्थापनाको प्याकेज तयार गर्न निर्देशन दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराउनुभयो ।

यस्तै मन्त्रिपरिषदले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब र पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार