काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जनधन बचत तथा ऋण सहकारी संस्था विश्वासिलो र बलियो रहेको भन्दै निश्चिन्त भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आफूसमेत जनधन साकोसको लामो समयदेखि सदस्य रहँदै आएको भन्दै यसका गतिविधिलाई राम्रोसँग नियालेका कारण निर्धक्क हुन सदस्यहरुलाई आग्रह गर्नुभयो ।
पछिल्लो समय सहकारीहरुप्रति जनविश्वास घट्दै गएको र सबै सहकारीहरु नराम्रा हुन् भन्ने गलत भाष्य निर्माण भैरहेको प्रसंग कोट्याउँदै नगरप्रमुख गिरीले भन्नुभयो, ‘म पनि जनधन साकोसको सदस्य छु, यसलाई नजिकबाट चिन्दछु, यसका गतिविधिहरुबारे जानकार छु, त्यसैले यो बलियो र विश्वासिलो छ भन्नेमा ढुक्क छु । यद्यपि, पछिल्लो समय सहकारीहरुमा समस्या आइरहेको छ, विश्वासको संकट बढ्दो छ, त्यसप्रति हामी शेयर सदस्यहरु चनाखो भने हुनैपर्छ ।’
२०८३ भदौ १७ गते आयोजित जनधन साकोसको १८ औं वार्षिक साधारणसभाका मुख्य व्यक्तित्व समेत रहनुभएका नगरप्रमुख गिरीले भन्नुभयो, ‘सदस्यहरु जागरुक हुुनुपर्दछ, सहकारी कस्तो छ, कस्ता व्यक्तिहरु सञ्चालक छन् र वित्तीय कारोबार कसरी अघि बढिरहेको छ भन्ने थाहा पाउनुपर्छ ।’
सहकारीले सदस्यको जीवन उत्कृष्ट बनाउनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘सदस्यहरुको आर्थिक जीवनस्तर परिवर्तन गर्ने र उनीहरुलाई सुखी बनाउने काममा सहकारीहरु लाग्नुपर्छ ।’
सहकारीको सदस्य बनेपछि व्यक्तिको जीवनमा के कस्तो सकारात्मक परिवर्तनहरु भए भन्ने विषयमा सहकारीको ध्यान जानुपर्ने भन्दै नगरप्रमुख गिरीले भन्नुभयो, ‘सदस्यहरुको आन्तरिक जीवन परिवर्तनको मापन गर्न सकियो भन्ने त्यो नै सहकारीको सफलता मान्नुपर्दछ ।’
यस दिशातर्फ जनधन साकोस अघि बढिरहेको भन्दै नगरप्रमुख गिरीले नगरपालिकाले गर्नुपर्ने साथ सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘नगरप्रमुखको हैसियतमा मैले जनधन साकोसलाई गर्नुपर्ने साथ सहयोग सधैं रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो ।
पछिल्लो समय सहकारी क्षेत्रमा व्याप्त चुनौतीहरु चिर्दै अघि बढ्नुपर्ने अवस्था बीच पनि जनधन साकोसले कठिनाईहरुको सामना सही ढंगले गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । नगरप्रमुख गिरीले भन्नुभयो, ‘म यस जनधन साकोसले आगामी दिनमा पनि सदस्यहरुको जीवन रुपान्तरणमा अझ प्रभावकारी भूमिका निर्वाह गरोस् भनी यसको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।’
अध्यक्ष कृष्ण चन्द्र बस्नेतको सभापतित्वमा आयोजित वार्षिक साधारणसभा सदस्यहरुको बाक्लो सहभागिताबीच सदस्यहरुलाई १० प्रतिशत लाभांश घोषणा अनुमोदसहित विभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com