Oct 29 2026 | २०८३, कात्तिक १२ गते

Oct 29 2026 | २०८३, कात्तिक १२ गते

Follow us

पुनर्निर्माणमा नेपालसँगै उभियो अष्ट्रेलिया, प्रधानमन्त्री शाहसँग समकक्षी आल्बानीजको भेटवार्ता

पुनर्निर्माणमा नेपालसँगै उभियो अष्ट्रेलिया, प्रधानमन्त्री शाहसँग समकक्षी आल्बानीजको भेटवार्ता

काठमाडौं । विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति व्यहोरेको नेपाल पुनःस्थापना, पुनर्निर्माण र पीडितको व्यवस्थापनमा जुटिरहेका बेला अष्ट्रेलियाले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज प्रधानमन्त्री बालेन शाहसँग भएको भेटवार्ताका क्रममा अष्ट्रेलियाली समकक्षी एन्थोनी आल्बानीजले बाढी तथा विपद्बाट प्रभावित नेपालीप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपालसँग ऐक्यबद्धता व्यक्त गर्नुभएको हो ।

भेटका क्रममा अष्ट्रेलियाली प्रधानमन्त्री आल्बानीजले विपद्बाट प्रभावित नेपाली नागरिकप्रति आफ्नो गहिरो सहानुभूति प्रकट गर्नुका साथै हालसम्म नेपालमा गरिएका सहायता तथा राहत प्रयासबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभएको थियो ।

उहाँले विपद्का कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै नेपालले अहिले सामना गरिरहेको मानवीय संकट र पुनर्निर्माणको आवश्यकतालाई नजिकबाट नियालिरहेको बताउनुभयो ।

विशेषगरी विपद्पछि तत्कालीन राहतसँगै प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलिया नेपालसँग सहकार्य गर्न तयार रहेको सन्देश भेटका क्रममा दिइएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार