Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Follow us

पोखराको साहस साकोसको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

पोखराको साहस साकोसको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । साहस बचत तथा सहकारी संस्था लिमिटेड, पोखरा–५, पस्र्याङको पाँचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका प्रमुख सल्लाहकार डा. भोलानारायण रेग्मीले कार्यक्रम उद्घाटन गर्दै सहकारी हकहितमा सबै शेयर सदस्यले काम गर्नुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष हरिहर खनियाँको अध्यक्षतामा भएको सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। जसमा उत्कृष्ट कारोबार (कर्जा) तर्फ धिरबहादुर गुरुङ, उत्कृष्ट बचत कारोबार (आवधिक) गर्ने शेयर सदस्य लीलाकुमारी गिरी र उत्कृष्ट दैनिक बचत कारोबारतर्फ बुद्धिमाया कार्की, नयाँ सदस्य सिफारिस गरी सम्मानित हुने निर्मला तिमिल्सिना छन् ।

शेयर सदस्यका छोराछोरीमध्ये स्नातक तह उत्तीर्ण हुने सुमन पौडेल, सुदीप सुवेदी र सावित्री पौडेल सम्मानित भए । गत आवमा नियमित मासिक बचतमा १ लाख १ हजारभन्दा बढी बचत गर्नेहरु पनि सम्मानित भए । जसमा मनुमाया क्षेत्री, सूर्यबहादुर जिसी, गीताकुमारी शर्मा, शशिधर पराजुली, सुष्मा अधिकारी, अस्मिता पौडेल, ममता पराजुली, हरिकला कोइराला, ऐश्यर्क क्षेत्री, बसुन्धरा दवाडी सुवेदी, दीपक सुवेदी र ईश्वर पौडेल छन् ।

सहकारीका सात सिद्धान्त वाचन लेखा सुपरिवेक्षण समिति सदस्य कल्पना बराल, स्वागत शिक्षा समिति सदस्य कल्पना आचार्य र संचालन व्यवस्थापक यज्ञनाथ आचार्यले गरे । संस्थाका शेयर सदस्य ४३४ जना छन् । संस्थाको कुल बचत अघिल्लो आवको ३ करोड ९८ लाख २४ हजार रहेकोमा आव २०८२/०८३ मा ३६ दशमलब १० प्रतिशतले बढेर ५ करोड ४२ लाख ३ हजार रुपैयाँ पुगेको छ । संस्थाले गत आवमा ५ करोड १६ लाख १२ हजार ऋण लगानी गरेको व्यवस्थापक आचार्यले जानकारी दिए । कुल वासलात ६ करोड ९७ लाख ६ हजार छ।

WhatsApp Image 2026-09-26 at 10.57.33 (1).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार