Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Follow us

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा सजाय हुने गरी कानूनी दायरा फराकिलो बनाइने

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा सजाय हुने गरी कानूनी दायरा फराकिलो बनाइने

काठमाडौं । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि बढ्दो आक्रमण नियन्त्रण गर्न सरकारले कानून संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । 

सोमबारको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्दै आक्रमणकारीलाई कडा सजाय हुने गरी कानूनी दायरा फराकिलो बनाइने बताउनुभयो । 

बैठकमा विधेयकबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको मर्यादा र सुरक्षा सुनिश्चित गर्न विद्यमान ऐनमा समयसापेक्ष परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रस्तावित संशोधनअनुसार यसअघि कैद वा जरिवानामध्ये कुनै एक सजाय हुने व्यवस्थालाई परिवर्तन गरी अब कैद र जरिवाना दुवै सजाय हुने गरी कानुनी प्रावधान ल्याउन लागिएको छ । 

साथै, स्वास्थ्य संस्थामा कार्यरत प्रशिक्षार्थी तथा अध्ययनरत कर्मचारीहरूलाई समेत सुरक्षाको दायरामा ल्याउने गरी कानुन परिमार्जन गरिने मन्त्री मेहताले जानकारी गराउनुभयो ।

स्वास्थ्यकर्मीबाट हुने लापरबाही वा त्रुटिपूर्ण उपचारको सम्बन्धमा भने छुट्टै नियामक निकायहरू जस्तै नेपाल मेडिकल काउन्सिल र उपभोक्ता अदालतहरू क्रियाशील रहेको भन्दै उहाँले त्यस्ता उजुरीका लागि स्थापित विधिअनुसार नै कारबाही हुने बताउनुभयो ।

मन्त्रालयको नामसमेत ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ अनुसार परिवर्तन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार