काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठलाई मरणोपरान्त ‘अक्षरमहर्षि’ पद्वीबाट सम्मानित गरिएको छ । वसन्त चौधरी फाउन्डेसन र दुर्गालाल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा असोज १३ गते आयोजना गरेको ‘अक्षरयात्रा–दशक आठ’ स्मृतिसभामा ‘अक्षरमहर्षि’ सम्मान प्रदान गरिएको थियो ।
जनकवि दुर्गालाल श्रेष्ठको ४५ दिनको पुण्य तिथिमा मंगलबार ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङंगोलले श्रेष्ठ अक्षरहरूमा सधैं जीवित रहेको उल्लेख गर्दै महानगरले उहाँलाई ‘अक्षरमहर्षि’को पदवी प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा श्रेष्ठका ६ कृतिसँगै उहाँको स्मरणमा देवनागिरीमा निर्माण गरिएको ‘दुर्गालाल फन्ट’ पनि डिजिटल रुपमा सार्वजनिक गरिएको थियो ।
वसन्त चौधरी फाउन्डेसनका संस्थापक वसन्त चौधरीले आफ्नो काव्यगुरु दुर्गालाल श्रेष्ठप्रति सम्मानभाव तथा श्रद्धासुमन अर्पण गर्दै आफ्नो स्वरमा रेकर्ड भएको श्रेष्ठको कविता ‘पार प्रिये ! लौ मदिरा पार...’ गाएर सुनाउनुभएको थियो । चौधरीले जनकवि भौतिक रुपमा रहँदै ‘अक्षरयात्रा–आठ दशक’ कार्यक्रम गर्ने योजना सम्भव हुन नसकेको भन्दै दुःख मनाउ व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रा.डा. अभि सुवेदी र डा. ज्योति तुलाधरले सार्वजनिक ६ कृतिमाथि भिडियोमार्फत संक्षिप्त धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जनकवि श्रेष्ठको जीवन, साहित्यिक यात्रा र योगदान समेटिएको वृत्तचित्र ‘अक्षरयात्राः दशक आठ’ प्रस्तुत गरिएको थियो। जनकवि दुर्गालाल श्रेष्ठका सुपुत्र सुमन श्रेष्ठले पितासँगका मीठा स्मरण सुनाउनुभएको थियो ।
कार्यक्रममा कविहरू सजक्ता मानन्धर, प्रतिसरा सायमी र रमण घिमिरेले जनकविका रचनाहरू वाचन गर्नुभएको थियो ।
‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्तो कालजयी सिर्जनामार्फत नेपाली साहित्यमा विशिष्ट पहिचान स्थापित गर्नुभएका जनकवि दुर्गालाल श्रेष्ठ नेपाल भाषा र नेपाली भाषाका सर्वप्रिय कवि तथा गीतकार हुनुहुन्छ । बालसाहित्यमा पनि उहाँको उत्तिकै योगदान छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com