भक्तपुर, १८ असोज । प्राकृतिक विपद्का कारण क्षति व्यहोरेका बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यालय पुनः सञ्चालन तथा पुनर्स्थापनाका लागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नेतृत्वमा जिन्सी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । २०८३ असोज १८ गते आइतबार (नेपाल संवत् ११४६ ञला गाः नवमी) का दिन उक्त औपचारिक हस्तान्तरण कार्यक्रम नुवाकोटको विदुर नगरपालिकामा नगर प्रमुखको उपस्थितिमा आयोजना भएको हो ।
भोटेकोशी लगायतका बाढीबाट प्रभावित संस्थाहरूलाई पूर्ववत् अवस्थामा फर्काउन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि सूर्यविनायक–८, भक्तपुरले सहयोग समन्वय तथा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । यस कार्यमा संघ र ३१ वटा सदस्य सहकारी संस्थाहरूबाट रु.८६४,०३४ रुपैंया बराबरको जिन्सी सामानहरुको सहयोगको सहकार्य रहेको छ ।

सहयोग वितरण प्रक्रियालाई पूर्ण रूपमा नियमसंगत, पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित स्थानीय तहहरूको अनुमति लिइएको छ । कार्यक्रमका लागि विदुर नगरपालिका, नुवाकोट र गल्छी गाउँपालिका, धादिङले आवश्यक अनुमति प्रदान गरेका छन्। बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको उपस्थितमा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लि। र धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।
बाढीका कारण कार्यालय भवन, कम्प्युटर, प्रिन्टर तथा महत्वपूर्ण श्रेस्ताहरू नष्ट भएका सहकारीहरूको प्रशासनिक तथा वित्तीय सेवा पुनः सुचारु गराउन कार्यालय पुनस्थापना गर्न आवश्यक पर्ने ल्यापटप, प्रिन्टर, स्टिल दराज, टेबल र मेच १र१ सेट नुवाकोटको ७ वटा र धादिङको १ वटा गरी ८ वटा बचत तथा ऋण सहकारी संस्थालाई प्रत्यक्ष सम्बन्धित संस्थाहरूलाई नै जिन्सी सामानहरु उपलब्ध गराइएको हो ।
सहकारीको छैटौं सिद्धान्त सहकारी सहकारी बीच पारस्परिक सहयोग र सातौं सिद्धान्त समुदायप्रति चासोलाई आत्मसात् गर्दै संकटको समयमा यो ऐक्यबद्धता प्रकट गरिएको आयोजक संघका अध्यक्ष हरि कृष्ण बल्लले स्पष्ट पारेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com