काठमाडौं । दोलखास्थित मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्यक्षेत्रको आधारमा तीन एकाइमा विभाजन गरी एकाइगत साधारण सभा गरी निर्णय प्रमाणित सभा समेत सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमले “सदस्यको मनमा मिलिजुली, सदस्यको घरमा मिलिजुली” भन्ने मूल नारालाई आत्मसात् गर्दै प्रविधिको अधिकतम उपयोगसहित सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको बताए । छरिएर रहेका स–साना पूँजीलाई एकीकृत गरी सदस्यहरुको आर्थिक क्षमतामा अभिवृद्धि गर्ने तथा साहु–महाजनबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यताबाट मुक्त गराउने पवित्र उद्देश्यका साथ संस्थाको स्थापना भएको र सोही अनुसार कार्य गर्दै आएको सभामा बताए ।
सदस्यहरुको आर्थिक, सामाजिक तथा जीवनस्तर सुधारमा योगदान पुर्याउने प्रयासमा लागि परेको उनीहरुको हितलाई ध्यानमा राखी सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई अङ्गीकार गर्दै संस्था सञ्चालन गर्दै आएको उनको भनाई छ । संस्थाले सदस्यहरूलाई ऋणी मात्र बनाउने उदेश्य नलिई उद्योग र व्यवसाय सञ्चालन गरी गराई धनी पनि बनाउने उद्देश्य लिएको उनले जनाए ।
संस्थाले सदस्यलाई ऋण लिनुअघि मासिक तीन पटक वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिमको आयोजना गर्दै आएको र यस आ.व.बाट व्यवसाय विकास सेवा समेत प्रदान गर्ने उनको भनाई छ । उनले सभामा वित्तीय संस्थाको सहज पहुँच नभएका स्थानहरुमा समेत सेवाकेन्द्र स्थापना गरी सदस्यहरुलाई घरदैलोमै वित्तीय सेवा उपलब्ध गराउँदै आएको समेत बताए । विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका सदस्यहरुको आर्थिक कारोबारलाई सहज, सरल र सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुर्याएको उनको भनाई छ । आगामी दिनमा सेवाकेन्द्रहरुको पहुँच विस्तार गर्ने, प्रविधिमैत्री सेवाहरुलाई थप प्रभावकारी बनाउने, वित्तीय सेवामा नवीनता ल्याउने तथा प्रत्येक सदस्यको आवश्यकतालाई केन्द्रमा राखी सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउने उनले जानकारी दिए ।
सभामा सञ्चालक समितिकोतर्फबाट सचिव ठाकुर प्रसाद पाठकले आर्थिक बर्ष २०८२/०८३ को बार्षिक पग्रति प्रतिवेदन र आ.ब. २०८३/०८४ को प्रस्तावित कार्यक्रम , कोषाध्यक्ष सुरेश चन्द्र खड्काले आ.ब.२०८२/०८३ को आथिर्क प्रगती प्रतिवेदन र आ.ब. २०८३/०८४ को प्रस्तावित बजेट तथा लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक नारायण प्रसाद सापकोटाले आ.ब. २०८२/०८३ को प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । आ.ब. २०८२/०८३ को असार मसान्तसम्म संस्थामा २१ हजार २७३ सदस्य र ७ हजार ७९७ बाल सदस्य गरी २९ हजार ७० जना बचतकर्ता रहेका छन् ।
संस्थाले गत आर्थिक बर्षमा १ अर्ब १९ करोड २२ लाख ४२ हजार बचत संकलन गरी ९२ करोड ३१ लाख ३५ हजार ऋण लगानी गरेको छ । संस्थामा बाह्य ऋण शुन्य प्रतिशत रहेको र जगेडा कोषमा ९ करोड ११ लाख ६७ हजार पुगेको छ । गत असार मसान्तसम्म संस्थाको कुल वासलात १ अर्ब ४२ करोड ७१ लाख ५३ हजार पुगेको सभामा जानकार दिइयो । संस्थाले ऋण लगानीपूर्व ऋण व्यवस्थापन शिक्षा तथा परामर्श कार्यक्रम अनिवार्य गरेको र साना ऋण मागेकै दिन लगानी गर्दै आएको जनाएको छ । ईन्जिनियरबाट धितो मूल्यांकन, हकवालाको मञ्जुरी, धितोबन्धक तथा अनलाईन रोक्काको प्रक्रिया अपनाई ऋण लगानी, धितो लिलामबाट असुली, क्षमता हुँदाहुँदै ऋण तिर्न आलटाल गर्ने सदस्यलाई कर्जा असुली न्यायाधिकरण र जिल्ला अदालतमा मुद्दा दायर सुरु गरी असुलीमा तीव्रता दिइएको समेत सभामा जानकारी दिइएको छ ।
संस्थाले सेवाकेन्द्रबाट वित्तीय पहुँच, एकीकृत कारोबार तथा डाटा व्यवस्थापन, मोबाईल बैंकिङ तथा डिजिटल भुक्तानी, सदस्यमैत्री कार्यालय समय, कर्मचारी क्षमता तथा कार्यासम्पादन व्यवस्थापन, एक्सेस सियुलेगका सूचक अनुसार कार्य समीक्षा र कार्यान्वयन गर्दै आएको छ । त्यसैगरी आचारसंहिता, स्वमूल्यांकन, पियर मूल्यांकन र पाँच एस पद्धति कार्यान्वयन, समय सापेक्ष ब्याजदर, सदस्य शोकमा राहत वितरण, जेष्ठ सदस्य भत्ता, सुत्केरी सम्झना सहयोग, एकाइगत साधारण सभा र निर्णय प्रमाणित सभा, स्थापना दिवसमा रक्तदान तथा उत्कृष्ट सदस्य र कर्मचारी सम्मान जस्ता क्रियाकलाप समेत संस्थाले गर्दै आएको जनाएको छ । संस्थाले भावी चार वर्षीय रणनीतिक योजना निर्माण गोष्ठी सम्पन्न गरी आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट तयार, विनियम, निर्वाचन नियमावली, आर्थिक प्रशासन नियमावली, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, ऋण कार्यविधि संशोधन गरेको जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com