Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Follow us

त्रिविले ल्यायो ३० अर्ब ८७ करोडको बजेट

त्रिविले ल्यायो ३० अर्ब ८७ करोडको बजेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ।

बिहीबार विश्वविद्यालयको सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रस्तुत गरेको बजेट स्वीकृत गरेको हो। उक्त बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ७७ प्रतिशतले बढी हो।

सभाको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार शिवाकोटीले आन्तरिक स्रोतबाट १५ अर्ब ३६ करोड र सरकारको अनुदानबाट १५ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रस्ताव गर्नुभएको थियो ।

सरकारले चालु आर्थिक वर्षको ७ अर्ब ३१ करोड रुपैपाँ त्रिभुवन विश्वविद्यालयलाई अनुदानका रुपमा दिएको छ। रजिस्ट्रार शिवाकोटीले सरकारले त्रिविलाई ४ अर्ब ८० करोड रुपैयाँ कम बजेट विनियोजन गरेका कारण करिब ८ अर्ब ३१ करोड रुपैयाँ अपुग हुने बताउनुभयो।

उहाँले अपुग रकम नेपाल सरकारबाट प्राप्त हुन नसकेमा अनिवार्य दायित्व शीर्षकअन्तर्गत खर्चसमेत व्यहोर्न नसकिने अवस्था सरकारलाई जानकारी गराइसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार