काठमाडौं । घटस्थनापनादेखि काठमाडौं उपत्यकाका ६ स्थानमा ग्यास बिक्री गरिने भएको छ।
ग्यासको आपूर्ति सहज बनाउन असोज २५ देखि ३१ गतेसम्म ६ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। शुक्रबार संघका अध्यक्ष दिवान चन्दले प्रेस विज्ञप्ति मार्फत नेपाल आयल निगगको समन्वय र ग्यास बिक्रेता महासंघको सहाकार्यमा बिक्री गर्न लागिएको जनाउनुभएको हो ।
काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम, पेप्सीकोलाबाट सगर तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री गरिने भएको छ।
त्यस्तै, सुकेधाराबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ।
यी ६ वटै स्थानबाट बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म ग्यास बिक्री हुने जनाइएको छ। यी स्थानमा ग्यासको सिलिन्डर पनि साटफेर हुने अध्यक्ष चन्दले बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com