Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Follow us
चारतारे युवा क्लव, सिवाईसी नेपाल ३५ वर्षमा प्रवेश

सवाईसी नेपालको ३४ वर्षे यात्रा: विचारको निरन्तरता, उद्देश्यप्रतिको प्रतिबद्धता र सामूहिक योगदानको प्रतिफल

सवाईसी नेपालको ३४ वर्षे यात्रा: विचारको निरन्तरता, उद्देश्यप्रतिको प्रतिबद्धता र सामूहिक योगदानको प्रतिफल

बागलुङ । बागलुङ नगरपालिका–९, तित्याङमा स्थापना भएको चारतारे युवा क्लव, सिवाईसी नेपाल ३४ वर्ष पूरा गरी ३५औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा संस्थाले सोमबार ३५औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सव विविध कार्यक्रमहरु आयोजना आयोजना गरी सम्पन्न गरेको छ ।

साधारण सभा तथा वार्षिकोत्सवका अवसरमा संस्थाका सचिव वीरबहादुर किसानले आर्थिक वर्ष २०८२÷०८३ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, कोषाध्यक्ष दुर्गा न्यौपानेले आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षको प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा संस्थाले आत्मनिर्भरता तथा व्यक्तित्व विकाससम्बन्धी उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको थियो । प्रशिक्षक गणेश गिरीले सहजीकरण गर्नुभएको कार्यक्रममा आत्मनिर्भर बन्ने सोच, व्यक्तित्व विकास तथा आफ्नै श्रम, सीप र क्षमताको सदुपयोग गर्नुपर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

CD.jpg
undefined

यसै अवसरमा स्वदेशमै व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्न योगदान पु¥याएका तीन जना युवा व्यवसायीलाई ‘युवा व्यवसायी सम्मान–२०८३’ प्रदान गरिएको छ । सम्मानित हुनेमा होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जील शाक्य र लस कुसाका सञ्चालक सौरभ श्रेष्ठ रहनुभएको छ । आफ्नै श्रम, सीप, क्षमता र सिर्जनशीलताको सदुपयोग गर्दै व्यवसायमार्फत युवालाई रोजगारीका अवसर सिर्जना गरेको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै, संस्थाका आजीवन सदस्य गल्कोट नगरपालिका–४ निवासी तिलकबहादुर खड्कालाई संस्थाप्रतिको निरन्तर आबद्धता, विभिन्न गतिविधिमा सक्रिय सहभागिता र समाजसेवामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । कार्यक्रममा सरकारी सेवामा कार्यरत रही बढुवा भएका संस्थाका सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।

IMG_8455.JPG
undefined

कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बागलुङको सानो भूगोलबाट सीमित स्रोतसाधनका साथ स्थापना भएको संस्था आज देशव्यापी रूपमा विस्तार हुनु सबैका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले सिवाईसी नेपालको ३४ वर्षे यात्रा केवल समयको गणना नभई विचारको निरन्तरता, उद्देश्यप्रतिको प्रतिबद्धता र सामूहिक योगदानको प्रतिफल भएको उल्लेख गर्नुभयो ।

उहाँले संस्थाको वास्तविक सफलता वर्षगाँठ मनाउनुमा मात्र नभई समाजमा पारेको सकारात्मक प्रभाव, आत्मनिर्भरता प्रवद्र्धन, जनविश्वास र भावी पुस्ताका लागि दिगो संस्थागत विरासत निर्माणमा निर्भर रहेको बताउनुभयो । स्थानीय स्रोत, सीप, श्रम र जनसहभागितामा आधारित विकासलाई प्राथमिकता दिँदै बदलिँदो समयअनुसार संस्थालाई अझ सक्षम, आत्मनिर्भर, पारदर्शी र उत्तरदायी बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, संस्थाको स्थापना र विकासमा योगदान पु¥याउने संस्थापक, अग्रज, सदस्य, कर्मचारी, सहयोगी तथा समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामूहिक सहकार्य र प्रतिबद्धताबाट संस्थाको सामाजिक अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

IMG_8385.JPG
undefined

कार्यक्रममा संस्थाका सल्लाहाकार नारयणी कोईराला, पुर्व सल्लाहाकार एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अध्यक्ष जगन्नाथ आचार्य, पुर्व सचिव कुमार प्रसाद उपाध्याय, युवा व्यवसायी सौरभ श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खड्काको स्वागत र सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

IMG_8431.JPG
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार