काठमाडौँ । आज आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष मे २ मा यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष ‘सूचना प्रविधिको अभियानस् डिजिटल नेपालको निर्माण’ भन्ने नारासहित गोष्ठी, सेमिनार, प्रविधि प्रदर्शनी तथा सम्मान कार्यक्रमहरू आयोजना गरिँदैछन् । यसै अवसरमा सूचना प्रविधि क्षेत्रमा योगदान गरेका निकाय, उद्यमी तथा नवप्रवर्तकहरूलाई आज सम्मान गरिदैंछ ।
सरकार प्रत्यक्ष संलग्न भएर आईसीटी दिवस मनाउन थालेको आठ वर्ष भएपनि यसको सुरुवात निजी क्षेत्रको पहलबाट भएको थियो । तत्कालीन कम्प्युटर एसोसिएसन नेपाल (हालको क्यान महासंघ) ले सन् २०११ देखि नै मे २ लाई आईसीटी दिवसको रूपमा मनाउन सुरु गरेको थियो । मे महिनामा नेपालमा पहिलो मेनफ्रेम कम्प्युटर भित्रिएको, राष्ट्रिय कम्प्युटर केन्द्र स्थापना भएको तथा अन्य सुरुवाती काम भएको भएको भन्दै क्यानले यो दिवस मनाउन सुरु गरेको थियो ।
त्यतिबेला मे १ लाई नै आईसीटी दिवस मनाउने विषयमा छलफल भएपनि श्रमिक दिवसका कारण ओझेलमा पर्नसक्ने भएका कारण मे २ रोजिएको थियो । यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दियो ।
यस दिवसलाई सरकारी मान्यता दिन तत्कालीन विज्ञान, प्रविधि तथा वातावरणमन्त्री प्रेमबहादुर सिंहले भूमिका खेल्नुभएको थियो। । क्यानले प्रस्तुत गरेका प्रमाण र तर्कका आधारमा मन्त्रीले क्याबिनेटमा प्रस्ताव राखेर यसलाई औपचारिकता दिलाउनुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com