Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेचुरल साकोस ‘टिम स्पिरिट’ मा विश्वास गर्छ, संस्थामा १ सय भन्दा बढी पिलरहरु छन्

नेचुरल साकोस ‘टिम स्पिरिट’ मा विश्वास गर्छ, संस्थामा १ सय भन्दा बढी पिलरहरु छन्

आज १८औं वार्षिकोत्सव (स्थापना दिवस) मनाउँदै गरेको काठमाडौंको बौद्ध टुसाल स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. का सचिव विकल्प पाठकसँग व्यावसायिक र व्यक्तिगत जीवन सम्बन्धित रहेर धिप्री डटकमले संक्षिप्त अन्तर्वार्ता गरेको छ ।

नेचुरल सहकारी भन्ने वित्तिकै विकल्प पाठक भन्ने आम बुझाइ छ नि ?
वास्तवमा यो कुरा सही हो । सुरुदेखिनै म यसमा प्रत्यक्ष संलग्न छु । सदस्यहरुसँग प्रत्यक्ष जोडिएर काम गरेको छु । धेरै जसो सदस्यहरुलाई प्रत्यक्ष चिन्दछु पनि । त्यस कारण पनि नेचुरल भनेको विकल्प, विकल्प भनेको नेचुरल जस्तै भएको हो । नेचुरल र विकल्प एक अर्काका पर्याय भएका छौं । यो सदस्य, सञ्चालक समिति र कर्मचारीहरुको माया हो । हामीले बिस्तारै बुझाउँदै लगेका छौं ।

संस्थागत रुपमा विधि र पद्धति प्रधान भएर चल्ने हो व्यक्ति प्रधान होइन भन्ने विषयमा सदस्यहरुको बुझाइ विकास गर्दै लगेका छौं । संस्थाभित्र पनि सञ्चालक तथा व्यवस्थापनमा त्यसो हुन दिएका छैनौं । एकल ‘डिसिजन’ मा संस्था सञ्चालन गर्नुपर्छ भन्ने मान्यतामा हामी छैनौं । जति पनि काम हुन्छ सामुहिकतामा नै हुन्छ । 

यहाँ कार्यालय सहायकदेखि अध्यक्षसम्म आफ्नो आफ्नो जिम्मेवारी र भूमिकामा छन् । नेचुरल सहकारी टिममा विश्वास गर्छ । विकल्प पाठकको एक्लो प्रयासले नेचुरल बनेको हैन । नेचुरलमा १ सय भन्दा बढी पिलरहरु छन् । कार्यालय सहयोगी, सुरक्षा गार्डलाई पनि एउटा पिलरको रुपमा लिएका छौं । त्यसमध्ये विकल्प पाठक एउटा पिल्लर चाहिं अवश्य हो । म सञ्चालक समितिको सचिव छु । 

बर्षाैंदेखि संस्थामा काम गरेको क्षमतावान् व्यक्ति प्रबन्धको जिम्मेवारीमा हुनुहुन्छ । विभागीय प्रमुख, सेवा केन्द्र प्रमुखहरु अनुभवी, क्षमतावान र सहकारी बुझेका व्यक्तिहरु हुनुहुन्छ । जसरी घरमा संस्कार सिकाइन्छ त्यस्तै संस्कार नेचुरलमा पनि सिकाइन्छ । मेरो २० वर्षको अनुभव कर्मचारीहरुलाई सिकाएको छु । 

संस्था भित्र दुरदर्शी लिडरशीप पनि विकास भैरहको छ । सक्सेसन प्लान कार्यान्वयनमा छ । नेचुरल सहकारीमा विकल्पको 'विकल्प' हरु तयार छन् । 

नेचुरल साकोसको वर्तमान स्थिति कस्तो छ ?
केही हजारबाट सुरु भएको नेचुरलसँग १६ करोड ४१ लाख रुपैयाँ सेयर पुँजी पुगेको छ । संस्थामा १४ हजार ७५ जना सेयर सदस्य आवद्ध छन् । संस्थाबाट १ हजार २ सय ९९ जनाले कर्जा लिएका छन् । संस्थाको जगेडा कोषमा १२ करोड २९ लाख रुपैया छ भने अन्य कोषमा १३ करोड ६१ लाख रुपैयाँ रहेको छ । संस्थागत पुँजी १२ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

संस्थाले १ अर्ब ९४ करोड बचत संकलन गरेको छ भने १ अर्ब ९४ करोड नै लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ८५ करोड पुगेको छ । २०८१ चैत्र मसान्तसम्म संस्थाका सदस्यहरुले ७४ लाख रुपैयाँ भन्दा बढीको उपचार सुविधा संस्थाले प्रदान गरेको छ । मातृत्व सेवा ३१ जनाले लिएका छन् । 

१८ वर्षे यात्रामा संस्थाको आफ्नै सुविधा सम्पन्न ७ तले भवन (प्रधान कार्यालय) बाट सेवा प्रवाह गरिरहेको छ । सदस्यहरुको साथ, सहयोग, योगदानले नै यो सम्भव भएको हो । यो संस्थाको सफलताको एउटा हिस्सा समेत हो भन्न चाहन्छु । साँखु सेवा केन्द्र पनि आफ्नै भवनमा छ । सदस्यहरुलाई घरघरबाटै सेवा लिन सकिने प्रविधिका सेवा समेत प्रवाह गर्दै आएका छौं भने घरदैलो सेवा पनि निरन्तर चलिरहेको छ । सदस्यहरु जहाँ भएपनि संस्थाको वित्तीय अवस्था एक क्लिकै हेर्न सक्नुहुन्छ । संस्था प्रतिवको विश्वास, भरोषा कहिल्यै नटुटोस् । संस्थासम्म आएर सल्लाह, सुझाव र प्रतिक्रिया दिएर संस्थालाई गतिशिल, पारदर्शिता कायम गर्न हामी प्रतिवद्ध छौं । 

आफू लगायत परिवारमा बचतको महत्व, बचत गर्नुपर्छ भनेर छलफल हुन्छ?
पैसा कमाएर भन्दा पनि बचत गरेर धनि हुने भनेर गुरुहरुको भन्नु भएको अहिले दिमागमा आउँछ । परिवारमा पनि यो किसिमको सिकाइ भयो । ‘आफ्नो कमाई मात्र तिम्रो हो अरुको लोभ गर्नुहुँदैन’ भनेर हजुरबुबा, बुबाले भन्नुहुन्थ्यो । अनि, ‘आफ्नो परिश्रमको मूल्य भने छोड्नुहुन्न’ पनि भन्नुहुन्थ्यो । 

नेचुरलमा तपाईं मासिक बचत कति गर्नुहुन्छ ?
नेचुरलको हाल ३३ वटा जति बचतको प्रडक्ट छन् । त्यसमध्ये १२ वटा बचत खाता मैले खोलेको छु । नियमित मासिक बचत पनि गर्दै आएको छु । यस संस्थामा मासिक एक सयबाट बचत सुरु गरेको हो । हाल मासिक १० हजार जति बचत गर्छु ।

सहकारी क्षेत्रमा लागेर ठीकै गरे जस्तो लाग्छ ?
१४ हजार सदस्यहरुलाई एउटै संस्थामा जोडेका छौं । १ सयभन्दा बढी कर्मचारीहरु संस्थामा आवद्ध हुनुहुन्छ । सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न उपसमितिहरु पनि हुनुहुन्छ । नेचुरल आज विशाल परिवार बनेको छ । करिब ३ अर्बको पुँजी निमार्ण गरेका छौं । राज्यलाई करोडौं कर तिरेका छौं । यो त निकै गर्वको कुरा हो नी । अन्य क्षेत्र वा विदेश तिर भएको भए यो सबै कुरा सम्भव पक्कै हुने थिएन नि । हैन र ?

परिवारको साथ, सहयोग कस्तो पाउनु भएको छ ?
म संयुक्त परिवारमै हुर्के । अहिले पनि हाम्रो परिवार ठूलै छ । हाम्रो परिवारमा अहिले पनि एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना अहिले पनि छ । हजुरबुवा, बुबाले पनि भन्नुहुन्थ्यो सहयोगी हुनुपर्छ, सहकार्य गर्नुपर्छ । परोपकारी बन है, दुःखमा परेकालाई सहयो गर्नुपर्छ भन्नुहुन्थ्यो । पर्दा, मर्दा आफूले सकेको सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो । सामुहिकताको भावना हाम्रो परिवारमा छ । सहकारीमा लाग्दा परिवारबाट असहयोग कहिल्यै भएन र अब त झन हुने कुरै भएन ।

अबको १० वर्षपछि विकल्प पाठकलाई हामी कहाँ पाउँछौं ?
उर्जाशील समय सहकारीमै बिताएको छु । समाज सेवाको महत्वपूर्ण पाटोको रुपमा सहकारी क्षेत्रलाई लिएको छु । सहकारी क्षेत्रबाट अलग हुने कुरै छैन । समाजले आवश्यक ठान्यो भने राजनीतिमा पनि हुन सक्छु । बागमती प्रदेश सहकारी संघको लेखा सुपरीवेक्षण समितिको संयोजक छु । अभियानले आवश्यक ठाने यतै कतै हुनेनै छु । अब यो समय र उमेरमा नयाँ क्षेत्रमा जाने भन्ने सम्भवतः हुँदैन । ५० पछि धर्मकर्म तिर पनि लाग्छु । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार