काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको सहकार्यमा आज भक्तपुरको नगरकोटमा 'सहकारी पत्रकारिता तालिम' सुरु भएको छ । समाजले सहकारी क्षेत्रमा कलम चलाउने २५ जना पत्रकारका लागि दुई दिवसीय 'सहकारी पत्रकारिता तालिम' आयोजना गरेको हो ।
समाजका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा सञ्चालित प्रशिक्षण कार्यक्रममा सहकारीको सैद्धान्तिक एवं कानूनी आधार, कार्यान्वयन तथा व्यावहारिक पक्ष, आर्थिक तथा सहकारी पत्रकारिता र वित्तीय क्षेत्रको नियामनको विषय समेटिएका छन् ।
आजको पहिलो सत्रमा सहकारी विभागका उपरजिष्ट्रार शशी कुमार लम्साल र दोस्रो सत्रमा समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंले प्रशिक्षण दिनुभएको छ । लम्सालले सहकारीको सैद्धान्तिक तथा कानूनी आधार र त्यसको कार्यान्वयन तथा व्यावहारिक पक्षमा प्रशिक्षित गराउनुभएको थियो । उहाँको प्रशिक्षणमा सहकारी विभागले हाल गर्दै आएका काम कारवाही विभिन्न कानूनी अड्चनसँगै सहकारीको वर्तमान स्थिति र सहकारीमा सम्पत्ति शुद्धीकरण लगायत विषय अटाएका थिए ।
यस्तै, सहकारी पत्रकारिताको सम्भावना, भूमिका र चुनौती विषयको दोस्रो सत्रमा हुमागाईंले पत्रकार र सञ्चार माध्यमले सहकारी बिटलाई दिने प्राथमिकता, यसको दायरा तथा सीमा, समाचारका विषयवस्तु र अवसरका विषयमा जानकारी गराउनुभएको थियो ।
भोलि शनिबार आर्थिक पत्रकारिताका विषयमा नेपाल आर्थिक पत्रकार संघका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले तथा नेपाल राष्ट्र बैंकले सहकारी संस्थाका लागि जारी गरेको मापदण्ड तथा निर्देशन, सहकारीमा राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण लगायतका विषयमा राष्ट्र बैंकका निर्देशक इन्द्रा चम्लागाईंले प्रशिक्षण दिनुहुनेछ ।
सीजेएनले विभागको सहकार्यमा आफ्ना सदस्यहरुको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि हरेक वर्ष प्रशिक्षण तथा.तालिम आयोजना गर्दै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com