Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयन र लक्षित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयन र लक्षित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताउनुभएको छ । शुक्रबारदेखि जारी सगरमाथा संवादको समापन सत्रमा उहाँले भन्नुभयो, “संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ ।”

संवादका निष्कर्षको कार्यान्वयन र लक्षित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक पर्ने उल्लेख गर्दै मन्त्री डा राणाले संवाद एउटा कार्यक्रम मात्र नभइ विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो सङ्कल्पको सम्झना गराओस् ।”

संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठाइने उहाँले जानकारी दिनुभयो । उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तरराष्ट्रिय सम्मेलन,संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभा तथा यसै वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप– ३० लगायत अन्तरराष्ट्रिय मञ्चमा उठाइने उहाँले बताउनुभयो ।

सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार