एजेन्सी । करिब २०० अर्ब अमेरिकी डलर बराबरको आफ्नो सम्पत्ति दान गर्ने घोषणा गरेका अमेरिकी बुहराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक अरबपति बिल गेट्सले उक्त रकमको धेरै जसो हिस्सा अफ्रिकी मुलकहरुको स्वास्थ्य र शिक्षा सुधारका लागि उपलब्ध गराउने बताएका छन् ।
इथोपियाको राजधानी अदिस अबाबामा आयोजित कार्यक्रममा बोल्दै गेट्सले भनेका छन्, 'अफ्रिकी महादेशका प्रत्येक मुलुक समृद्धिको यात्रामा हिड्नुपर्छ ।' उनले अफ्रिकी मुलुकहरु शिक्षा र स्वास्थ्यमा पछि परेको भन्दै यी आधारभूत क्षेत्रहरुको सुधार नभएसम्म समृद्धि हासिल नहुने भन्दै त्यसका लागि आफ्नो सम्पत्ति खर्च गर्ने बताएका हुन् । गेट्सले भने, म अत्यन्त भाग्यमानी छु । मेरो सम्पत्ति धेरे बढेको छ । अब म यो सम्पत्ति गेट्स फाउन्डेसनमार्फत सदुपयोग भएको हेर्न चाहन्छु ।
गेट्सले आगामी २० वर्षभित्र आफ्ना करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति दान गर्ने घोषणा केही समयअघि गरेका थिए । गेट्सले यससँगै सन् २०४५ डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन बन्द गरिने जानकारी पनि दिएका थिए । केही समयअघि आफ्नो व्यक्तिगत ब्लग ‘गेट्स नोट्स’ मा एक ब्लग सार्वजनिक गर्दै उनले आफ्नो भावी योजनाका विषयमा जानकारी दिएका थिए ।
सन् २००० मा पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग मिलेर गेट्स फाउन्डेसन स्थापना गरेका गेट्सले उक्त संस्थालाई आफ्नो मृत्युपछि सम्म पनि निरन्तर सञ्चालन गर्ने योजना पहिला बनाएका थिए। तर केही समयअघि उनले बाँकी जीवनकालमै सबै सम्पत्ति समाजसेवामा खर्च गर्ने निर्णय सार्वजनिक गरेका थिए । ६९ वर्षीय गेट्सले आफ्नो सम्पत्तिको एक प्रतिशत मात्र आफ्ना छोराछोरीका लागि छाड्ने अरु परोपकारी काममा खर्च गर्ने बताएका थिए । आफ्ना छोराछोरीले सम्पत्ति प्राप्त गर्नुभन्दा आफ्नै बलबुतामा सफलता हासिल गरून् भन्ने आफ्नो चाहना भएको गेट्सको भनाइ छ ।
“आगामी २० वर्षमा भर्चुअल रूपमा म गेट्स फाउन्डेसनमार्फत आफ्नो लगभग सम्पूर्ण सम्पत्ति संसारभरको जीवन बचाउन र सुधार गर्नका लागि दिँदैछु । र सन् २०४५ को डिसेम्बर ३१ देखि यो संस्था स्थायी रूपमा बन्द हुनेछ,” उनीले लेखेका थिए ।
उनले यस निर्णयबाट अन्य अरबपतिहरूलाई पनि समाजसेवामा योगदान दिन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए । गेट्सले सन् २०१० मा मेलिन्डा र वारेन बफेटसँग मिलेर ‘गिभिङ प्लेज’ अभियान सुरु गरेका थिए, जसमा २४० भन्दा बढी धनी व्यक्तिहरूले आफ्नो अधिकांश सम्पत्ति दान गर्ने प्रतिबद्धता जनाएका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com