काठमाडौं । चलचित्र विकास बोर्डले चालु आर्थिक वर्षमा ९३ प्रतिशत बेरुजु फर्छ्योट गरेको छ ।
तालुकदार निकाय संचार तथा सूचना प्रविधि मन्त्रालयमा आइताबर बुझाएको वार्षिक प्रगति विवरणमा बोर्डले ९३ प्रतिशत बेरुजु फर्छ्योट गरेको उल्लेख गरेको छ । यो तथ्यांकले बोर्डले विगतमा देखिएको बेरुजु रकम व्यवस्थापन तथा पारदर्शितामा उल्लेखनीय सुधार गर्दै आर्थिक अनुशासनमा जोड दिएको देखिएको छ ।
बोर्ड अध्यक्ष दिनेश डीसीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “बक्स अफिस सिनेपाः” र “अनलाइन सेवा” प्रवाह सञ्चालन गरी बोर्डले सुशासन ,पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नेछ ।
बोर्डले सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष डीसीले बताउनुभएको छ । अघिल्ला आर्थिक वर्षको बेरुजु फर्छ्योट ५० प्रतिशतभन्दा तल हुने गरेपनि यसपटक भने दोब्बर अंकमा सुधार आएको जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com