काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खडेरीको चपेटामा परेको मधेश प्रदेशमा तत्काल ५ सय डिप बोरिङ गाडिने बताउनुभएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकामा दुई पूर्वाधार आयोजनाको उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेशका किसानले भोगिरहेको सिँचाइ तथा खानेपानी समस्याको समाधानका लागि सरकारले तत्काल बोरिङ गाड्ने योजना अघि सारेको बताउनुभयो ।
ओलीले आज हेलिकोप्टरबाट धनुषा, महोत्तरी र सर्लाहीका खेतहरूको अवलोकन गर्नुभयो । 'रोपाइँ हुन सकेको छैन, खेत सुक्खा छन्, खानेपानीको पनि अभाव छ । त्यसैले यी समस्या समाधान गर्न तत्काल ५ सय डिप बोरिङ गाडिन्छन्,' प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँका अनुसार एउटा डिप बोरिङले करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने छ ।
खडेरी प्रभावित मधेशमा राहतका लागि सरकारी मात्र नभई गैरसरकारी संघसंस्थाहरूले पनि सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com