Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

लुम्बिनी नेपालकाे मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानमन्त्री सिंह

लुम्बिनी नेपालकाे मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानमन्त्री सिंह

काठमाडौं  । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्दको जन्मस्थल लुम्बिनी नेपालका लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक भएको बताउनुभएको छ । विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायद्वारा शनिबार आयोजित धार्मिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सिंहले यस्तो बताउनुभएको हो । उहाँले लुम्बिनीको संरक्षण र संवर्द्धनका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने पनि बताउनुभयो।

'लुम्बिनी केवल भौगोलिक स्थल मात्र नभएर विश्व शान्तिका लागि एक महत्त्वपूर्ण धार्मिक केन्द्र हो । सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक हो, उहाँले भन्नुभयो, 'बुद्धिजमलाई अघि बढाउन र लुम्बिनीको संरक्षण गर्न हामी सबैको साझा प्रयास आवश्यक छ ।’

कार्यक्रममा थाइल्याण्डका सुपोत महास्थवीरलाई नेपाली बौद्ध समुदाय तथा विश्व शान्ति विहारले धार्मिक अभिनन्दन गरेको थियो ।

521662859_605858828923067_2548568237489054987_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार