काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । शहरी विकास मन्त्रालयमा भएको भेटमा विश्व बैंक र मनत्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ ।
वृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौंमा शहरी भौतिक पूर्वाधार निर्माण, फोहोर मैला व्यवस्थापन, नदि स्वच्छता लगायतका विषयमा छलफल भएको छ । भेटमा उपाध्यक्ष जोहानेस जुटले मनत्रालयले दूई स्थानमा केन्द्रीत भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताउनुभयो ।
विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण र नदी र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयका आयोजनाहरुमा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरुमा पनि थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com