Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.मोरङको आयोजना

सहकारीका समसामयिक बिषयमा मोरङमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहकारीका समसामयिक बिषयमा मोरङमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.मोरङको आयोजनामा सहकारीका समसामयिक बिषयमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद सुवेदी,नेफ्स्कून पूर्व संचालक गोमा नेपाल, जिल्ला सहकारी संघ मोरङका वरिष्ठ उपाध्यक्ष बिजय माझी लगायत विषयगत सङ्घका पदाधिकारीहरु, सङ्घका सल्लाहकारहरु, प्रतिनिधिमूलक रुपमा सदस्य संस्थाका अध्यक्षहरु र व्यवस्थापकहरु, सहकारी कर्मचारी संगठनका अध्यक्षहरुका साथै सङ्घका पदाधिकारी तथा सञ्चालकहरु गरि ५४ जनाको सहभागिता रहेको थियो ।  

9b7e0bae-65e6-4052-a7ae-940e2dc9d262.jpg
सहभागीहरु

सङ्घको सभाकक्ष बेलबारीमा हिजो सम्पन्न अन्तरक्रियामा सङ्घका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले  नियामक निकायहरुबाट जारी मापदण्ड तथा निर्देशनका मूलभूत व्यवस्थाहरु र समसामयिक विषय समेटेर छोटो प्रस्तुति प्रस्तुतीकरण गर्नुभएको थियो । मापदण्ड र निर्देशनका विषयमा सहभागी अध्यक्षहरुले जिज्ञासा राख्नु भएको थियो ।

43475a3f-bdde-41ae-846a-1de81c4370c8.jpg
सहभागीहरु

कार्यक्रममा नेफ्स्कून पूर्व सञ्चालक गोमा नेपालले सहकारी सङ्घ संस्था सञ्चालनमा सुशासन र स्वनियमनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

f1e62f95-0453-4b19-b76a-c01dce711320.jpg
फ्स्कून पूर्व सञ्चालक गोमा नेपाल

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासङ्घका कार्यबाहक अध्यक्ष रमेश पोखरेलले सहकारी ऐन र नियमावलीका कतिपय व्यवस्था त्रुटिपूर्ण  भएकोले अभियानका तर्फबाट संशोधनका लागि सरकारको ध्यानाकर्षण गराइसकेकोले, चाडैं संशोधन हुनेमा विश्वस्त पार्नुभयो । पोखरेलले मापदण्ड र निर्देशनभन्दा माथि सहकारी ऐन र  नियमावली भएकोले त्यसै अनुरुप संघ संस्था सञ्चालन गर्नुपर्नेमा बताउनु भयो ।

526256ac-c507-46b2-91d2-d7efb078aa81.jpg
राष्ट्रिय सहकारी महासङ्घका कार्यबाहक अध्यक्ष रमेश पोखरेल

कार्यक्रममा उपाध्यक्ष सीतादेवी अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव जीवन बस्नेतले गर्नुभएको थियो ।

7d0d4a9c-312a-4361-856f-393d91718b1f.jpg
सहभागीको जिज्ञासा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार