दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. दोलखाको २८ औं वार्षिक साधारण सभा असोज ४ गते सम्पन्न भएको छ । संस्थाका शेयर सदस्य एवम् बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले साधारण सभाको उद्घाटन गर्दै सरकारले जारी गरेको मापदण्ड तथा निर्देशनको पालना गर्नु सबै सहकारीको दायित्व भएकाले विगतका परिपाटीहरुमा सुधार गर्दै जानुपर्ने बताउनुभयो । नीति, विधि र पद्धतीले मात्र सहकारी दिगो हुने बताउँदै खड्काले हाम्रो जनकल्याण सहकारीले कानूनको पालनालाई उच्च प्राथमिकता दिने गरेको बताउनुभयो । १० हजार शेयर सदस्यबाट ९४ करोडको सम्पत्ति तथा दायित्व पु¥याएको हाम्रो जनकल्याण पुँजी निर्माण सहित उद्यमशीलता प्रबद्र्धन र सामाजिक गतिविधिमा समेत अग्रणी रहेकाले जिल्लामा यसको छबि उच्च रहेको बताउनु पाि बरिष्ठ उपाध्यक्ष खडकाले बताउनुभयो ।
त्यसैगरी, जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद शर्माले शेयर सदस्यहरुको उपस्थिति र उनीहरुको सक्रियता बढाउने गतिविधि सहित आयोजना गरिएको वार्षिक साधारण सभाले हाम्रो जनकल्यण सहकारीका शेयर सदस्यले संस्थागत गतिविधि र वित्तीय कारोबारका बारेमा सजिलै बुझ्न सक्ने बताउनु भयो । अध्यक्ष शर्माले शुभकामना मन्तव्य राख्दै संस्थाको कारोबार नियमित नगर्ने, ऋण भाखा नघाउने र ऋण तिर्न ताकेता गर्दा पनि अटेर गर्ने शेयर सदस्यका लागि कानूनी प्रक्रिया अबलम्बन गर्न ढिला गर्न नहुने बताउनुभयो ।
त्यसैगरी, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खडकाले सहकारीलाई व्यवस्थित गर्न बनेका ऐन, नियम र जारी मापदण्डले केही अन्योलता सिर्जना गरेको भएपनि देखिएका समस्यहरु समाधान गर्दै बलियो सहकारी बनाउनका लागि शेयर सदस्हरु चनाखो हुनुपर्ने बताउनु भयो । ३० मिनेटको उद्घाटन शत्रपछि प्रारम्भ भएको बन्द शत्र अर्थात एजेन्डागत प्रस्तुती, छलफल र निर्णय गर्दै साधरण सभा सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष राजन श्रेष्ठ, सचिव अनिल रिजाल, कोषाध्यक्ष शर्मिला थापा र लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्ण बहादुर थापाले शेयर सदस्यले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । साधारण सभामा उपस्थित शेयर सदस्यहरु मध्ये तीन सयभन्दा बढीले लिखित सुझाव दिनुभएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले बताउनुभयो ।
२८ औं वार्षिक साधारण सभाले गत वर्षको ९४ करोड २४ लाख ९५ हजार रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व र ७ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको आयव्यय विवरण र आर्थिक वर्ष २०८२÷०८३ का लागि एक अर्ब पचास लाख बराबरको सम्पत्ति तथा दायित्व र १० करोड १९ लाख बराबरको आयव्यय विवरणलाई पास गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशले जारी गरेको मापदण्ड अनुसार संस्थाको विनियम संशोधन र नीति तथा कार्यविधि निर्माण तथा संशोधन गर्ने निर्णय साधारण सभाले गरेको छ ।
साधारण सभाले भाखा नाघेको ऋणका लागि पर्याप्त ऋण नोक्सानी व्यवस्था नभएकाले शेयर लाभाशं वितरण नगर्ने निर्णय गरेको छ । साथै ऋण लगानी तथा असुली उप समितिका संयोजक सहदेब खडकाले प्रस्तुत गर्नुभएको ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, प्रमुख कार्यकारी दिपक बस्नेतले प्रस्तुत गर्नुभएको संस्थागत सुशासनका लागि व्यवस्थापन प्रतिवेदन र कार्यान्वयन अधिकृत पर्वत न्यौपानले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी वार्षिक प्रगति प्रतिवेदनलाई साधारण सभाले पास गरेको छ ।
सोही अवसरमा उत्कृष्ट कारोबार पुरस्कार तथा सम्मान १४ जना शेयर सदस्यलाई वितरण गरिएको छ । बचत, ऋण, उद्यमी सदस्य, पूर्व सञ्चालक तथा पुरानो सदस्य सम्मान सहित वर्ष उत्कृष्ट सम्मान वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो ।
सदस्यका उत्पादनहरुको प्रदर्शनी तथा निःशुल्क स्वास्थ्य शिविर
साधारणसभाकै अवसर पारेर ग्रामीण क्षेत्रबाट उपस्थित हुने शेयर सदस्यहरुलाई ध्यानमा राखी धुलिखेल अस्पताल दोलखासँगको प्राविधिक साझेदारीमा आयोजना भएको निुःशुल्क स्वास्थ्य शिविरबाट १५३ महिला र ७४ जना पुरुष गरी २२७ जनाले उपचार सेवा पाउनु भएको छ । त्यसमध्ये ४२ जनाको भिडियो एक्सरे गरिएको थियो । मुटु, पेट, सुगर, प्रेसर र महिलाहरुको स्वास्थ्य समस्या धेरै रहेको उपचारमा संलग्न डाक्टर प्रज्ञा लुइटेलले बताउनुभयो ।
अस्पताल पुग्न नसकेका, आर्थिक अवस्था कमजोर भएका शेयर सदस्यका लागि निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी भएको शेयर सदस्यहरुको प्रतिक्रिया रहेको थियो । त्यसैगरी संस्थाका शेयर सदस्यले सञ्चालन गरेको गौरीशंकर छालाजुत्ता उद्योगबाट उत्पादन भएका जुत्ता चप्पलहरु प्रदर्शनी गरिएको थियो ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com