Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

ओस्मान डेम्बेले र आइताना बोनमाटीले जिते बालोन डी'ओर २०२५

ओस्मान डेम्बेले र आइताना बोनमाटीले जिते बालोन डी'ओर २०२५

एजेन्सी । फ्रान्सेली फुटबल खेलाडी ओस्मान डेम्बेलेले बालोन डी'ओर अवार्ड जितेका छन्। महिलातर्फ स्पेनकी आइताना बोनमाटीले लगातार तेस्रोपटक यो अवार्ड जितेकी छन्।

यो सम्मान वर्षको उत्कृष्ट फुटबल खेलाडीलाई दिइन्छ। २८ वर्षीया फरवार्ड डेम्बेले फ्रान्सेली क्लब पीएसजीबाट खेल्छन्।

गत सिजनमा उनले पीएसजीका लागि ५३ खेलमा ३५ गोल गरेका थिए र १४ गोलमा असिस्ट गरेका थिए। महिलातर्फ स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमाटीले यो सम्मान पाएकी छन्।

बोनमाटी लगातार तेस्रोपटक यो अवार्ड जित्ने पहिलो महिला फुटबल खेलाडी बनेकी छन्। बोनमाटीले २०२३ र २०२४ मा पनि यो अवार्ड जितेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार