Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

निर्वाचनको सम्पूर्ण तयारी तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

निर्वाचनको सम्पूर्ण तयारी तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनको सम्पूर्ण तयारी तत्काल अगाडि बढाउन आग्रह छन् । मंगलबार आयोगका पदाधिकारीसँगको भेटमा उनले निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने पनि बताएकी हुन् । 

“निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने कुरा राख्दै निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गर्नुभयो,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्‍चार क्षेत्रसहितको सहयोग प्राप्‍त हुने विश्‍वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार