काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाका कार्यालयहरू आज सोमबार खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ । १९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
“दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको छ,” सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले भनेको छ ।
बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन कार्यालयले भनेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com