काठमाडौं । जेनजी आन्दोलनपछिको भौतिक पुनर्निर्माण तथा आर्थिक पुनरुत्थान र राहतका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले डेढ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको र सार्वजनिक तथा सरकारी भौतिक संरचनाको जेनजी आन्दोलनबाट भएको भौतिक पूर्वाधारको क्षतिपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा उक्त रकम जम्मा गरेको हो । सूर्यज्योतिले अर्थमन्त्री रामेश्वर खनाललाई उक्त सहयोग रकमको चेक हस्तान्तर गरेको हो ।
राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन सूर्यलाइफले उक्त रकम सहयोग गरेको जानकारी दिएको छ । सूर्य ज्योती लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको दाबी गरेको छ ।
हालको अवस्थामा समेत नेपाल सरकारले स्थापना गरेको उक्त भौतिक पूर्वाधार पुनर्निर्माण कोष मा रकम जम्मा गरेर राष्ट्रलाई योगदान गर्न आफूहरुले पनि सहयोग पुर्याएको उल्लेख गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com