काठमाडौं । जिल्ला प्रशासन कार्यालय, गोरखाले जिल्लाका उच्च हिमाली क्षेत्रमा आगामी केही दिनसम्म हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार जारी सूचनामा जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण उद्धृत गर्दै हाल बंगालको खाडीबाट विकसित ‘मान्था’ नामक चक्रवातको प्रभावले देशभर मौसम प्रभावित भएको उल्लेख गरिएको छ ।
सोही प्रभावका कारण गोरखाको उत्तरी क्षेत्रमा हिमपात भइरहेको र आगामी केही दिन अझै हिमपात हुन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण विपद्का घटना हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै १६ कात्तिकसम्मका लागि हिमाली क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।
गोरखा प्रशासनका प्रमुख अधिकारी चूडानिधि तिवारीले नागरिक, पर्यटक, स्थानीय निकाय र पदमार्ग सञ्चालकहरूलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com