Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
आजैदेखि लागू हुने

भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन

भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन

काठमाडौं ।  सरकारले आजैदेखि लागू हुने गरी भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ। शुक्रबार अध्यागमन विभागले पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको जानकारी गराएको हो ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले तीन कागजातसहित ४ वटा शर्त पूरा गर्नुपर्ने बताए। कम्तिमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने उनले बताए।

प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजातका साथै त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने तिवारीले बताए।

यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ। यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार