Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको आग्रह

निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको आग्रह

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि निर्धारित निर्वाचनमा भाग लिन मतदाताहरुलाई आग्रह गरेकी छन्। आज शुक्रबार सन्देश जारी गर्दै कार्कीले मदातिधकार सदुपयोग गर्न अनुरोध गरेकी हुन् । उनले लोकतान्त्रिक समाजमा नागरिकका सपना पहिलो नागरिकको विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन भन्दै उनले दोस्रो भनेको विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, 'जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ(हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ।'

उनले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकार सदुपयोग गर्नुपर्ने तर्फ सचेत तुल्याएकी छिन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार