काठमाडौं । सहकारीहरुका लागि कर्जा सूचना केन्द्रको बाटो अब खुलेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सहजीकरणमा यो सम्भव भएको हो ।राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई सहकारीले विद्यमान कर्जा सुचना केन्द्रकाे सदस्यता पाउने बाटाे खुलेको छ । कर्जा सूचना केन्द्रको सदस्यता अनिवार्य लिनसमेत आग्रह गरेको छ ।
प्राधिकरणले आज १० गते सूचना प्रकाशन गरी सम्पूर्ण सहकारी संस्थाहरूलाई अनिवार्य कर्जा सूचना केन्द्रमा सदस्यताका लागि आवेदन दिन भनेको छ । सम्पूर्ण सहकारी संस्थाहरू अनिवार्य रूपमा कर्जा सूचना केन्द्रमा सदस्यताका लागि केन्द्रले सूचना जारी गरेपछि आवेदन दिइ आवश्यक प्रक्रिया पूरा गरेर सदस्यता प्राप्त गर्न प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले प्रचलित कानुन अनुसार स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबार सम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।
कर्जा सूचना केन्द्रले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाइै सदस्यताका लागि आवश्यक सहजीकरण गरिदिन प्राधिकरणसमक्ष आग्रह गरेको र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मङ्सिर ९ गते सम्पन्न बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रमा आबद्धताका लागि आह्वान गर्ने निर्णय गरेको सूजनाएको छ, सूचनामा उल्लेख छ । त्यसैगरी प्राधिकरणले सम्पूर्ण बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई सदस्यता प्रदान गर्न कर्जा सूचना केन्द्रलाई अनुरोध समेत गरेको छ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com