Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप

टिम चेसमा ललितपुर महानगरपालिकाको जीत

टिम चेसमा ललितपुर महानगरपालिकाको जीत

२१ मंसिर, ललितपुर। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु भएको छ। बाग्मती प्रदेश सभाषद् मा. रघुनाथ महर्जनले चेस गोटी चालेर खेल‌ शुभारम्भ गरेका छन्। आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार शीर्ष खेलाडी सम्मिलित २२ टोलिले सहभागिता जनाएका छन्। 

पहिलो खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौं चेस क्लब माथि जीत दर्ता गरेका छन्। यस्तै ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघ लाई पराजित गरे।  स्पर्धामा साबिक बिजेता थापाथली चेस पार्कले सुदुरपश्चिम बुद्धिचाल संघ लाई दोलखा चेस होमले गोदावरी नगरपालिकलाई, पेभिलोन चेस एकेडेमले ललितपुर जिल्ला बुद्धिचाल संघलाई हराउन सफल बनेका छन्।

यसैगरी मध्यपुर थिमि नगर चेसले हिमालयन चेस एकेडेमीलाई, कास्की जिल्ला बुद्धिचाल संघले पुल्चोक इन्जिनियरिङ क्याम्पस र महालक्ष्मी नगरपालिकाले पूर्वेली ब्रदर्शलाई हारको सामना गराएका छन्। ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछ। यस्तै उप विजेता टिमले नगद १ लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार पुरस्कार ग्रहण गर्ने छन्।

पाँचौं देखि सातौं सम्मका टिमले समान २० हजार तथा ब्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार हात पार्नेछन्।  यसअघि उदघाटन समारोहमा मा. रघुनाथ महर्जनले शुभकामना मन्तव्य मार्फत बाग्मती प्रदेश सरकार खेलकुद प्रति गम्भीर चासो राख्दै बौद्धिक चेस खेल र खेलाडीको स्तर उन्नती गर्न बजेट प्रदान गरेको जानकारी गराएका छन्।  कार्यक्रममा तुल्सीलाल प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले शुभकामना व्यक्त गरे। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको सक्रियतामा सञ्चालन भइरहेको प्रतियोगिता भोलि दुई चरण हुनेछ।

dc184453-ffdd-4852-8194-fb08ceb3e7a2.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार