काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाले हालै दिवंगत भएका आफ्ना सदस्यका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले शंकरापुर नगरपालिका वडा नम्बर ३ सुनुवारटोल निवासी लघुवित्त सदस्य, लालुपाते महिला केन्द्र नं ९४ का सदस्य श्रीमती ज्ञानु कुमारी सुनुवारको मृत्यु भएकोमा उनका श्रीमान रणबहादुर सुनुवारलाई संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठसहितको टोलीले सहयोग रकम बराबर ४४,००० (चौवालिस हजार) रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । साकोसले सदस्य सहयोग कार्यक्रम अन्तर्गत सहभागी ऋणी सदस्यहरूको मृत्यु हुँदा सहयोग प्रदान गर्दै आएको छ ।
आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रल्हाद बस्नेत, सञ्चालक समिति सदस्य बद्रीबहादुर श्रेष्ठ र श्रीमती सुधा फुयाल तथा संस्थाका लेखापाल रमेशकुमार श्रेष्ठ र उत्प्रेरक रुपा पौडेलको उपस्थिति थियो । उक्त सहयोग रकमा महिला केन्द्रको बैठक स्थानमा प्रदान गरिएको संस्थाले जनाएको छ ।
सहयोगी साकोसले सदस्यहरूको जन्मदेखि मृत्युसम्म साथ दिने वाचासहित सेवा प्रवाह गर्दै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com