काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब कास्की (सिएमसि कास्की) ले नेफस्कून सञ्चालक वीरबहादुर रावत भोटेले संघको सुर्खेत सदस्य सेवा कार्यालयका कर्मचारीहरु मदनकुमार चन्द र पुष्पराज तिमल्सिनामाथि गत शुक्रबार गरेको भौतिक आक्रमणको घोर भर्त्सना गरेको छ ।
क्लबका तर्फबाट अध्यक्ष मोहन प्रसाद अधिकारी तथा सचिव शंकर प्रसाद पौडेलले बिज्ञप्ति जारी गर्दै सुशासन सिकाउने संघको संचालकको यो हदसम्मको गैरजिम्मेवारी स्वीकार्य नभएको बताउँदै बोर्ड बैठकमार्फत तत्काल उनलाई निलम्बन गर्न र घटनाको तत्काल छानविन गरी सत्यतथ्य प्रकाशमा ल्यान जोडदार माग गरेको छ ।
सिएमसि कास्कीले सहकारी संस्थाको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सेवारत कर्मचारीहरु माथि भएको ज्यादती विरुद्ध तत्काल सार्वजनिक रुपमा माफी मागी भयरहित वातावरणमा काम गर्ने कर्मचारीलाई वातावरण व्यवस्था गर्न सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ । यसैगरी, छानविन समितिबाट प्रमाणित भएमा पीडितलाई सुरक्षा, संरक्षण तथा न्याय पूर्ण क्षतिपूर्ति र दोषीलाई कानुन बमोजिम कारवाहीको माग सीएमसी कास्कीले गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'यस घटनालाई नेफ्स्कूनले ढाकछोप गरी निजलाई सफाई दिएमा वा पिडीतलाई कुनै प्रकारको दवाव सिर्जना भएर अप्रत्याशित घटना घटेमा सीएमसी कास्कीले नेफ्स्कून सेवा केन्द्र कार्यालयमा ताला बन्दी गर्न बाध्य हुनेछ ।' सीएमसी कास्की सदैव सहकारी संस्थाको न्यायोचित र सत्यको पक्षमा साथ रहने समेत स्पष्ट पारेको छ ।
यस्तो छ सिएमसि कास्कीका मागहरु
१. तत्कालै नेफ्कुनले संचालक समितिको बैठक राखि व्यवस्थापन प्रतिनिधिहरु समेत रहने गरी निज संचालकलाई निलम्बन गर्ने र घटनाको तत्काल छानविन अगाडि बढाउन जोडदार माग गर्दछौं ।
२. निजबाट घटाइएको घटना छानविन समितिबाट प्रमाणित भएमा पीडितलाई सुरक्षा, संरक्षण तथा न्याय पूर्ण क्षतिपूर्ति र दोषीलाई कानुन बमोजिम कारवाहीको माग गर्दछौं ।
३. यस घटनालाई नेफ्स्कुनले ढाकछोप गरी निजलाई सफाई दिएमा वा पिडीतलाई कुनै प्रकारको दवाव सिर्जना भएर अप्रत्याशित घटना घटेमा सि। एम। सि। कास्कीले नेफ्स्कुन सेवा केन्द्र कार्यालयमा ताला बन्दी गर्न वाध्य हुनेछौं ।
४. घटनाको निष्पक्ष छानविन प्रतिवेदन प्राप्त नभएमा सि. एम।.सि. कास्कीले, कास्की जिल्लाका सम्पूर्ण सहकारी संस्थाहरुबाट नेफ्स्कुन बहिष्कार अभियान चलाउन वाध्य हुनेछ ।
५. सि. एम. सि. कास्की सदैव सहकारी संस्थाको न्यायोचित र सत्यको पक्षमा साथ रहनेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com