Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

ग्रीनल्यान्डका विषयमा अमेरिकी कदमको विरोध गर्ने देशलाई १० प्रतिशत ट्यारिफ लाग्ने ट्रम्पको घोषणा

ग्रीनल्यान्डका विषयमा अमेरिकी कदमको विरोध गर्ने देशलाई १० प्रतिशत ट्यारिफ लाग्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को महिनादेखि डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड र फिनल्यान्डबाट अमेरिका आयात गरिने सामानहरूमा १० प्रतिशत आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् ।

उनले आगामी जुन १ देखि यो ट्यारिफ बढाएर २५ प्रतिशत पुर्‍याइने समेत बताएका छन् । ट्रम्पका अनुसार ग्रीनल्यान्डको पूर्ण खरिदबारे सम्झौता नभएसम्म यो ट्यारिफ लागू रहनेछ । जुन १, २०२६ देखि यो शुल्क बढेर २५ प्रतिशत पुग्नेछ । अमेरिकाले पछिल्लो १५० वर्षदेखि ग्रीनल्यान्ड किन्न खोजिरहेको र अहिलेको आधुनिक ‘गोल्डन डोम’ ९रक्षा प्रणाली० का कारण यो भूमि हासिल गर्नु झन् आवश्यक भएको उनको तर्क छ ।

ट्रम्पले ‘डोम’ सँग सम्बन्धित सुरक्षा कार्यक्रमहरूमा अर्बौं डलर खर्च भइरहेको उल्लेख गर्दै यो प्रणालीले क्यानाडाको सुरक्षालाई पनि समेट्ने बताए । यो अत्यन्त उन्नत प्रणाली हो, जसले ग्रीनल्यान्डलाई समावेश गर्दा मात्र आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्छ । यसका लागि भौगोलिक अवस्थिति र कोणहरू निकै महत्त्वपूर्ण छन् ।

यसैबीच, युरोपेली संघ (ईयू) की प्रमुखले ट्रम्पको यस धम्कीपूर्ण बयानको कडा आलोचना गरेकी छन् र यसबारे छलफल गर्न आपतकालीन बैठक बोलाइएको छ ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भने, “हामीले धेरै वर्षदेखि डेनमार्क र युरोपेली संघका देशहरूलाई सब्सिडी दिँदै आएका छौँ । अब डेनमार्कले केही फिर्ता गर्ने समय आएको छ किनकि विश्व शान्ति साच्चै जोखिममा छ ।”

ट्रम्पले थपे, “यस पवित्र भूमिलाई कसैले छुन सक्दैन, किनकि अमेरिका र विश्वको राष्ट्रिय सुरक्षा यससँग जोडिएको छ ।”

ट्रम्पको धम्कीपछि युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले यसले एटलान्टिक वारपारको सम्बन्धलाई कमजोर बनाउने र खतरनाक गिरावट निम्त्याउने चेतावनी दिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार