Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'दलीय राजनीतिको मैदानमा छिर्नुअघि पदबाट राजीनामा दिने निर्णय लिएँ'

'दलीय राजनीतिको मैदानमा छिर्नुअघि पदबाट राजीनामा दिने निर्णय लिएँ'

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ ।

वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि आफूले राजीनामा दिने निर्णय गरेको उनले बताएका छन्।

उनले भने, ‘वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु।’

image-239_11zon.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार