काठमाडौं। निर्वाचन आयोग नेपालको अनुरोधअनुसार नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई आमनिर्वाचनसम्बन्धी खर्च व्यवस्थापनका लागि विशेष व्यवस्था मिलाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकले माघ १२ गते एक सूचना जारी गर्दै आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगले बैंक खाता बन्द गर्न निर्णय नगरेसम्म सञ्चालन हुने गरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिकतर्फका समेत) तथा स्वतन्त्र उम्मेदवारका लागि एक मात्र छुट्टै बैंक खाता खोल्न र सञ्चालन गर्न व्यवस्था मिलाउन आग्रह गरेको छ।
सूचनाअनुसार उक्त खातामार्फत मात्र निर्वाचन अभियान समूह वा सोसँग मिल्दोजुल्दो नाममा नेपाली मुद्रा (रुपैयाँ–पैसा) को आम्दानी तथा खर्च कारोबार गर्नुपर्नेछ।
त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नम्बर २१ अन्तर्गत बुँदा नम्बर ४५ मा उल्लेख गरिएको ‘प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने’ व्यवस्थामा समेत विशेष छुट प्रदान गरिएको स्पष्ट गरेको छ। निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न निर्देशन नआएसम्म सो व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ।
निर्वाचन खर्चलाई पारदर्शी, व्यवस्थित र कानुनी दायराभित्र राख्न यो व्यवस्था गरिएको बताइएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com