काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर आचारसंहिताको पालनामा गम्भीर बन्न सबै पक्षलाई आग्रह गरेको हो ।
आयोगले चुनावलाई मानव अधिकारमैत्री बनाउन पनि जोड दिएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा मानव अधिकारको अवस्थाबारे सूक्ष्म अनुगमन गरिरहेको भन्दै आयोगले चुनावी प्रचारका क्रममा एक–अर्काप्रति घृणायुक्त आरोप–प्रत्यारोप नलगाउन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज निकाल्नुभएको विज्ञप्तिमा चुनावी प्रचारका क्रममा राजनीतिक दलका केही नेता र उम्मेदवारले एक–अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको पाइएको उल्लेख छ ।
त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आयोगले आग्रह गरेको छ । अरूको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको पाइएको आयोगले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com