Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

३४ राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण, २४ बाट जवाफ प्राप्त: निर्वाचन आयोग

३४ राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण, २४ बाट जवाफ प्राप्त: निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कानुनी दायरामा ल्याउन आयोगले सक्रियता बढाएको जनाएको छ ।  आज आयोजित   नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त कुरा बताएका हुन् । उनले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्छ्योट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको जानकारी गराए । आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जनाएको छ।
उनले भने, 'पछिल्लो समय जिल्लामै उजुरी गर्ने र त्यहीँबाट फर्छ्योट गर्ने दर बढेको छ। यसले गर्दा केन्द्रमा उजुरी आउने क्रम घटेको महसुस गरेका छौँ। सुधारका पक्षहरू भए हामी अझै परिष्कृत हुन तयार छौँ। हामीले ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ बाट जवाफ पाइसकेका छौँ। प्राय: हामीलाई सोधिने प्रश्न 'जवाफ लिइसकेपछि कारबाही हुन्छ कि हुँदैन' भन्ने छ। आचारसंहिता र निर्वाचन (कसुर तथा सजाय) ऐन हेर्नुभयो भने यसको स्पष्ट जवाफ पाउनुहुनेछ। केन्द्रीय आचारसंहिता अनुगमन समितिले कानुनबमोजिम थप स्पष्टीकरण लिने वा कारबाही गर्नेबारे निर्णय लिन्छ। आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले कुनै सम्झौता गर्दैन।'

भट्टराईका अनुसार प्राप्त जवाफको अध्ययन गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन (कसुर तथा सजाय) ऐनबमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ। उनले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिह्नमा कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बताए । जसमा महिला उम्मेदवारको सङ्ख्या १ हजार ७७२ र पुरुषको सङ्ख्या १ हजार ३६३ रहेको छ। समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको आयोगको तथ्याङ्कले देखाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार