काठमाडौं । फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा २०८२ माघ २३ गते शुक्रबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रूकुम पश्चिम तथा जाजरकोट जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् । जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा उनले जानकारी लिएका छन् ।
सो अवसरमा रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र २१ वटा मतदान स्थललाई अति संवेदनशीलमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए । अर्थमन्त्रीले नुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारी अवस्थाको जानकारी लिएका थिए । सो क्रममा मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीसँग छलफल गरी हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा उनले जानकारी लिएका थिए ।
त्यसैगरी जाजरकोट जिल्लाको स्थलगत अनुगमन गर्ने क्रममा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराए । अर्थमन्त्रीले अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका थिए । सो अवसरमा मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले हालसम्मको निर्वाचन तयारी अवस्था बारे अर्थमन्त्रीलाई जानकारी गराए ।
दुबै जिल्लामा निर्वाचन तयारी र आचारसंहिता पालना स्थितिको स्थलगत अनुगमन पश्चात अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि बढेको, स्थानीयस्तरमा राजनीतिक दल र उमेदवारहरु बीच स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण भएको र आम मतदाताहरुले भयरहित रुपमा निर्वाचनमा सहभागी हुन पाउने अवस्था रहेको समेत बताए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com