Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

प्रधानमन्त्रीद्वारा चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुन नेपाली सेनालाई निर्देशन

प्रधानमन्त्रीद्वारा चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुन नेपाली सेनालाई निर्देशन

काठमाडौं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक-२०८२ (दोस्रो) को उद्घाटन सत्र, जंगी अड्डामा प्रधानमन्त्री तथा रक्षामन्त्री सुशीला कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२” अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढङ्गबाट सम्पादन गर्ने कुरामा आफू पूर्ण विश्वस्त भएको बताउनुभएको छ ।

उहाँले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न अन्य निकायहरुसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिनुभएको छ ।

विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

उहाँले यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरुबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्न नेपाली सेनालाई आग्रह गर्नुभएको छ ।

WhatsApp Image 2026-02-10 at 20.51.55.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार