Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बैंक खाता खोल्न ढिलाइ नगर्न उम्मेदवारलाई ताकेता

बैंक खाता खोल्न ढिलाइ नगर्न उम्मेदवारलाई ताकेता

काठमाडौं । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसारसम्बन्धी सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकी रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले सार्वजनिक बिदाका कारण पनि खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको बताउनुभयो ।

उहाँले उम्मेदवारहरुलाई खाता खोल्ने काममा बैंकहरुलाई सहजीकरण गर्न पनि आयोग भनिसकेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार