काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका दिन दमकल, एम्बुलेन्स, शववाहन लगायतका सवारी साधनलाई पास आवश्यक नपर्ने बताएको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारी साधन अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड ‘त’ दफा ९ र दफा ११ समेतका आधारमा आयोगबाट सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरिएको छ ।
उहाँका अनुसार खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत, ढल मर्मतका लागि प्रयोग हुने सवारी साधन, अस्पताल सेवाका सवारी साधन, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइ सेवाका यात्रु बोकेका सवारी साधन, हिड्डुल गर्न नसक्ने गर्भवती, सुत्केरी, किरियापुत्री, शारीरिक रुपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक बोकेका सवारी साधन आवागमनका लागि पास आवश्यक नपर्ने भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com