Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
गृह मन्त्रालयमा भर्चुअल बैठक

निर्वाचन तयारी, सुरक्षा रणनीति र व्यवस्थापकीय समन्वय विषयमा विस्तृत समीक्षा

निर्वाचन तयारी, सुरक्षा रणनीति र व्यवस्थापकीय समन्वय विषयमा विस्तृत समीक्षा

काठमाडौं । गृह मन्त्रालयले भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आज बिहान मन्त्रालयमा बसेको भर्चुअल बैठकमार्फत सबै जिल्लाबाट तयारी र सुरक्षा व्यवस्थापनबारे अद्यावधिक जानकारी लिइएको हो।

मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए। करिब तीन घण्टा चलेको छलफलमा निर्वाचन तयारी, सुरक्षा रणनीति र व्यवस्थापकीय समन्वयका विषयमा विस्तृत समीक्षा गरिएको थियो।

मन्त्रालयका अनुसार सबै जिल्लाबाट निर्वाचनको आवश्यक तयारी पूरा भएको र हालसम्म सुरक्षा अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। मतदान केन्द्रसम्म कर्मचारी, सुरक्षा निकाय र निर्वाचन सामग्री सुरक्षित रूपमा पुगिसकेको पनि बैठकमा अवगत गराइएको थियो।

बैठकमा जिल्लागत अवस्था, शान्ति सुरक्षाको संवेदनशीलता, मतदानका दिन अपनाउनुपर्ने सतर्कता तथा केन्द्र र जिल्लाबीचको समन्वयबारे पनि गहन छलफल भएको थियो। सम्भावित चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने समझदारी बनेको मन्त्रालयले जनाएको छ।

सचिव श्रेष्ठले नि निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिँदै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार