काठमाडौं । अर्थ मन्त्रालयको एक अध्ययन अनुसार भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनको प्रमुख कारणमा धनी र गरिबबीचको आम्दानीको ठूलो खाडल र बढ्दो बेरोजगारी रहेको देखाएको छ । सामाजिक आर्थिक विभेदको कारण नै जेनजी अर्थात् नवयुवा पुस्ताको आन्दोलन भएको निष्कर्ष अध्ययनको रहेको छ ।
अध्ययनअनुसार न्यून आय भएका र पिछडिएका समुदाय पनि आन्दोलनको लहरमा होमिएका थिए । डिपार्टमेन्टल स्टोर, होटल तथा औद्योगिक प्रतिष्ठानमा भएको लुटपाट र तोडफोडमा यस्तै वर्गको संलग्नता भेटिएको छ ।
प्रतिवेदनले न्यून ज्याला र आर्थिक अस्थिरतालाई अर्को गम्भीर समस्याका रूपमा औंल्याएको छ । जीवनभरको कमाइले घर बनाउन र सामान्य गाडी किन्न पनि नसकिने अवस्था र विदेशिएका साथीभाइको उच्च जीवनस्तरसँगको तुलनाले यो पुस्तालाई विद्रोहतर्फ धकेलेको अध्ययनले जनाएको छ ।
बोझिलो प्रशासनतन्त्र र भ्रष्टाचार पनि आन्दोलनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । मालपोत, कर, लाइसेन्स लगायतका कार्यालयहरूमा भएको आगजनी र तोडफोडलाई यसैको प्रतिफलका रूपमा लिन सकिने प्रतिवेदनले बताएको छ ।
साथै, राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वास, नातावाद, र योग्यताअनुसार रोजगारी नपाउनु जस्ता सामाजिक कारण पनि आन्दोलन भड्किनुका कारण भएको अध्ययनले देखाएको छ ।
अध्ययन कार्यदलले रोजगारमूलक विकास, एकद्वार सेवा प्रणाली, पूर्ण डिजिटलाइजेशन र आर्थिक नीतिहरू कम्तीमा पाँच वर्षका लागि स्थिर राख्न सरकारलाई सुझाव दिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com