Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गण्डकी प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाको हिउँदे अधिवेशनबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख कार्यालयका का अनुसार ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयक’ प्रमाणीकरण भएको हो । केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयकले गण्डकी प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५, गण्डकी प्रदेश ताल संरक्षण तथा विकास प्राधिकरण ऐन २०७५ र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन २०७६ खारेज भएका हुन् । अब प्रदेश राजपत्रमा प्रकाशित भएपछि ती ऐन औपचारिक रूपमा खारेज हुने छन् । दुग्ध विकास बोर्ड बन्ने सकेको थिएन भने ताल प्राधिकरण गठन भए पनि अपेक्षित काम भएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार