Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

आफूखुशी गैरहाजिर रहेका ११ प्रहरी कर्मचारी सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने

आफूखुशी गैरहाजिर रहेका ११ प्रहरी कर्मचारी सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने

काठमाडौं । प्रहरी प्रधान कार्यलयले आफूखुशी गैरहाजिर रहेका ११ जन कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । 

सोमबार सूचना जारी गरी गत चैतको विभिन्न मितिदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी सहायक हवलदार राम सकल रावत, ओमबहादुर चौधरी थारू, नरजंग वली, प्रहरी जवान पुनम चन्द, हरी भुल, केशर कुँवर, सन्दीप कार्की, नवीन कोइराला, राहुलकुमार साह, राजकुमार गुरूङ र प्रहरी कार्यालय सहयोगी विशाल कुँवर खोजतलास गराउँदा तथा प्रहरी नियमावली बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

उनीहरुलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण सहित हाजिर हुन कार्यालयले निर्देशन दिएको छ।

अन्यथा प्रहरी नियमावलीअनसार सेवाबाट हटाइने चेतावनी कार्यालयले दिएको छ।

gairhajir-1779678383.png
undefined

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार